English

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय



गत जेठ २२ गते प्रदेश नं. १ मा प्रवेश गरेको मनसुन प्रणाली असार १२ गतेसम्म आइपुग्दा सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेको छ । योसँगै देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ ।

यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी पर्ने महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा÷झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरै स्थानहरुम धेरै–भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक–दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ ।

बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ, महाशाखाले आज एक विज्ञप्ति जारी गरी भनेको छ ।

यो पनि…
२० करोडको छाता मात्र भित्रियो
दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।