English

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्यो



कोरोना महामारीको प्रभाव कम भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स पनि बढ्न थालेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान कूल ५ लाख ६७ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेहरुको हो ।

२०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त संख्याले श्रम स्वीकृति लिएका हुन् । विभागले उनीहरुलाई श्रम स्वीकृति प्रदान गरेको हो ।

गएको जेठ महिनामा मात्र ६२ हजार ३४९ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । जेठमा ८३ देशमा काम गर्न जानको लागि उनीहरुले श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार २०७८ साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार ६७१, कात्तिकमा ५४ हजार ९१८, मंसिरमा ७४ हजार ३५४, पुसमा ६६ हजार ६२५, माघमा ५४ हजार ४७०, फागुनमा ५३ हजार ४५७, चैतमा ५५ हजार ५२३, २०७९ वैशाखमा ४५ हजार ४ र जेठमा ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो एघार महिनामा वैदेशिक रोजगारीमा जान प्रत्येक महिना औषतमा ५१ हजार ६२१ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेको संख्या यही क्रममा बढे चालु आर्थिक वर्षभित्र ६ लाख १९ हजार ४६० जनाले श्रम स्वीकृति लिएको हुनेछन् ।

सन् २०१९ डिसेम्बर अन्तिम साता चिनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या स्वाट्टै घटेको थियो । महामारी रोक्न तथा नियन्त्रण गर्न सबै राष्ट्रहरुले लकडाउन गरेपछि वैदेशिक रोजागारीमा जानेको संख्या घटेको थियो ।

कोरोना महामारी सुरु भएको आर्थिक वर्ष २०७६–७७ मा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ६८ हजार ४३३ रहेको थियो । योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा वैदेशिक रोजगारमा जान ४ लाख ७६ हजार ७०५ जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७–७८ मा यो संख्या १ लाख ६६ हजार ६९८ मा झरेको थियो ।

गत वर्षबाट कोरोना खोप प्रयोगमा आएपछि राष्ट्रहरुले लकडाउनलाई खुकुलो बनाउँदै लगेका थिए, जसको कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । पछिल्ला महिनाहरुमा श्रम स्वीकृति लिनेहरुको तथ्याङकले वैदेशिक रोजगार यो वर्ष पुरानै लयमा फर्केको देखाएको छ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेपछि नेपाल भित्रने रेमिट्यान्स पनि घटेको थियो । रेमिट्यान्स घट्दा देशको अर्थतन्त्रमा समेत असर गरेको थियो । तर यसवर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपाल भित्रने रेमिट्यान्स त्रमस बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो दश महिना (२०७८ साउनदेखि २०७९ वैशाखसम्म) मा नेपाल भित्रने रेमिट्यान्स ०.२ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको थियो । गत चैतसम्म घटेको रेमिट्यान्स वैशाख लागेपछि बढ्न थालेको हो ।

यो पनि…
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको आग्रह
वैदेशिक रोजगारी छोडी स्वदेशमै भविष्य खोज्दै युवा



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।