English

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने



काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत दीर्घरोगीलाई घरघरमा औषधि पुर्याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गरिने भएको छ । स्वास्थ्य सूचना केन्द्रलाई अझ बढी प्रभावकारी बनाई स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ‘ड्यासबोर्ड’ कार्यक्रम सञ्चालन गरिने र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा नमूनायोग्य क्रियाकलाप सञ्चालन गर्ने नीतिलाई अगाडि सारिएको छ ।

आत्महत्या नियन्त्रणका लागि मानसिक तथा मनोसामाजिक नीतिअनुरुप उपचारको अभियानको कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनलगायत बहुक्षेत्रगत स्वास्थ्य अभियान सञ्चालन गरी बहुआयामिक र दिगो स्वास्थ्य सेवाको सुनिश्चितता गरिने, काभ्रे भञ्ज्याङमा निर्माणाधीन नगर अस्पतालको बाँकी कार्यसम्पन्न गरी चालू आवबाट सञ्चालनमा ल्याइने र अस्पतालमा सरुवा रोग तथा डाइलासिस सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्था गरिनेछ । नगरका उपयुक्त स्थानमा आवश्यकताअनुरुप ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र र बालबालिका हेरचाह गृह स्थापना गरिने, आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गरी औषधालयको सेवालाई आयुर्वेद अस्पतालका रुपमा विस्तार गरिने भएको छ ।

महिला स्वयंसेविका स्वास्थ्य समन्वय समितिलाई तालिम प्रदान गरी स्वास्थ्य सेवा अभिवृद्धि गरिने र नगर क्षेत्रका महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गरिने छ ।

अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्षसमेत निरन्तरता दिइनेछ ।

त्यसैगरी शिक्षा क्षेत्रको विकासका लागि बहुप्रतिभा पहिचान तथा विद्यार्थीको चौतर्फी विकास गर्न विविध विधागत कक्षा सञ्चालनका लागि यात्री शिक्षकको व्यवस्था गरिने र उच्च शिक्षाअन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी बासिन्दालाई मासिक पढाइ शुल्क पूर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्षसमेत निरन्तरता दिइनेछ ।

सम्भाव्यता अध्ययन गरी बाबुआमाविहीन असहाय, घरेलु हिंसामा परेका गरिब बालबालिकाका लागि छात्रबासको व्यवस्था गरिने र लागत साझेदार सङ्घसंस्था र पूर्वविद्यार्थीकोसमेत सहकार्यमा सञ्जीवनी माध्यमिक विद्यालयको पुरानो भवनको मोडेलमा भवन निर्माण गरी शैक्षिक सङ्ग्रहालयको स्थापना गर्न पहल गरिने छ ।

लैङ्गीक हिंसा रोकथाम तथा न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणका माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समृद्ध नगर निर्माणका लागि उपयोग गरिनेछ ।

त्यस्तै खेलकुदतर्फ नगरमा बसोबास गरेका जिल्ला तथा राष्ट्रियस्तरका खेलाडीको रु एक लाख बराबर रकमको दुर्घटना बीमा नगरपालिकाबाट गरिने छ । लैङ्गीक हिंसा रोकथाम तथा न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरिने तथा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणका माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समृद्ध नगर निर्माणका लागि उपयोग गरिनेछ । समुदायस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा अन्य समुदायसँगको सहकार्यात्मक कार्यक्रमलाई दलित परिषद्को नेतृत्वमा निरन्तरता दिइने छ ।

पूर्वाधारतर्फ नगरक्षेत्रका सबै सघन बस्तीस्तरसम्म बाह्रै महिना सवारी आवागमन हुनसक्ने गरी सडक सञ्जालको निर्माण गरिने र सबै घरधुरीबाट १५ मिनेटको दुरीभित्र सडकको पहुँच विस्तार गर्ने गरी सडक रेखाङ्कन गरिने । साहसिक खेललाई प्रोत्साहन तथा प्रवद्र्धनका लागि सरोकारवालाको सहकार्यमा नगरको देविटारमा माउण्टेन स्पोर्टस् तालिम केन्द्र निर्माणको आवश्यक अध्ययन गरिने भएको छ ।

कृषि क्षेत्रको विकासका लागि बैंकसँगको समन्वयमा कृषि कार्डमार्फत विनाघितो कृषि ऋण उपलब्ध गराउन समन्वय गरिने र सोबमोजिम प्रवाह गरिने ऋणमा लाग्ने व्याजमा आवश्यक अध्ययन गरी अनुदानको व्यवस्था गरिने ।

त्यसैगरी पर्यटन विकासतर्फ देवीस्थान पार्कको बाँकी काम पूर्णरुपमा सम्पन्न गरी नमूना पार्कका रुपमा विकास गरिने र उक्त पार्कमा निर्मित भवनमा जातजातिको पहिचान झल्कने वेषभूषा तथा परम्परागत सामग्रीको प्रदर्शनीस्थल राख्ने व्यवस्था मिलाइने छ ।

कृषि क्षेत्रको विकासका लागि बैंकसँगको समन्वयमा कृषि कार्डमार्फत विनाघितो कृषि ऋण उपलब्ध गराउन समन्वय गरिने र सोबमोजिम प्रवाह गरिने ऋणमा लाग्ने व्याजमा आवश्यक अध्ययन गरी अनुदानको व्यवस्था गरिने, कृषि र पशु प्राविधिकको दक्षता अभिवृद्धि गरी प्रविधिको प्रयोगमार्फत किसानलाई कार्यस्थलमा नै तत्काल सेवा प्रवाह गर्ने प्रबन्ध गरिने योजना अघि सारेको छ ।

नगरपालिकाले पशु विकासतर्फ नगरलाई दूध र मासु तथा फुलमा आत्मानिर्भर बनाउन उपयुक्त भूगोललाई गाईभैँसी र बाख्रा, कुखुरा पकेट क्षेत्रका रुपमा विकास गरिने छ । शुक्रबार सम्पन्न नगरसभाको एघारौँ अधिवेशनबाट नगरपालिकाले रु एक अर्ब ३५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत चालुतर्फ रु ६४ करोड तीन लाख आठ हजार छ भने पुँजीगततर्फ रु ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ ४० लाख रहेको छ ।

यो पनि…
धुलिखेल जिपलाइनमा रमाए पूर्वप्रधानमन्त्री प्रचण्ड
नेपालको स्वास्थ्य क्षेत्रमा कसरी भित्रियो निजी क्षेत्र ?



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ