English

नेपाल टेलिकमद्वारारा लिज लाइनको महशुल दर पुनरावलोकन



नेपाल टेलिकमले लिज लाईन पुनरावलोकन गरेको छ । टेलिकमले आफुले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी को नयाँ महशुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको टेलिकमले जनाएको छ ।

यस अन्तर्गत इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैंयाँ मात्र हुने छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सय रुपैंयाँबाट घटाएर १६ सय रुपैयाँमा कायम गरिएको छ । ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय र १९ सय रुपैंयाँ रहेकोमा अब दुबैको महशुल दर १५ सय रुपैंयाँ कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैंयाँ रहेकोमा अब २४ सय रुपैंयाँ र ११ देखि १०० एमबीपीएसको २४ सय रुपैंयाँ रहेकोमा अब २१ सय रुपैंयाँ र १०० एमबीपीएस भन्दा बढीको २१ सय रुपैंयाँ रहेकोमा अब १८ सय रुपैंयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ । यो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भईरहने जानकारी पनि टेलिकमले दिएको छ ।

यो पनि…
नेपाल टेलिकमले सुरु गर्‍यो ‘एनटीटीभी’ एपको परीक्षण
नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधाहरू, अब एपबाटै केवाइसी अपडेट गर्न सकिने



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार