English

कतिखेर घाम ताप्दा भिडामिन डी पाईन्छ

विकेण्ड


डा. कल्याण सुवेदी

भिटामिन ‘डी’ को कमी हुँदा घाममा बस्नुपर्छ भन्ने त सबैले सुनेकै छौं । तर, कुन समय घाममा बस्नु उपयुक्त हुन्छ होला ? यसमा धेरै मानिसहरु दोधारमा परेको पाइन्छ । वास्तवमा दिउँसोको चर्को घाममा दिनहुँ आधा घन्टा बस्दा हाम्रो शरीरले पर्याप्त मात्रामा भिटामित ‘डी’ प्राप्त गर्दछ ।

शरीरमा भिटामिन ‘डी’ कमी हुँदा देखिने लक्षण

– मुड फ्रेस नहुने

– शरीर गलेको, थकित भएको जस्तो हुने

– जाँगर नआउने

– कसैकसैलाई टाउको दुख्ने

हाम्रो शरीरले भिटामिन ‘डी’ कसरी निर्माण गर्छ ?

जब सूर्यको किरणको (यूभी रे) हाम्रो छालामा ठोक्किन्छ । तब छालाको ठीक सतह मुनी रहेको कोलेस्ट्रोललाई भिटामिन डी ३ मा परिवर्तन गरिदिन्छ । जति चर्को घाममा बस्यो उति नै धेरै यूभी रे हुने हुँदा कोरेस्टेरोलबाट भिटामिन डी ३ मा बदलिने प्रक्रिया दिउँसो कडा काममा अझ राम्रोसँग हुने गर्छ । यसरी निर्माण भएको भिटामिन डी ३ कलेजोमा पुगेर केही प्रसोधित हुँदै मिर्गौलामा पुगेर थप प्रशोधित भएपछि मात्र शरीरमा काम गर्ने खालको भिटामिन डी ३ बन्छ ।

हामीले खानेकुराबाट पाएको वा भिटामिन डी पिल्सबाट लिएको भिटामिन डी पनि यसरी नै सुरुमा कलेजो हुँदै प्रशोधित भएपछि मिर्गौलामा गएर थप प्रशोधित भएर एक्टिभ फर्ममा बदलिन्छ ।

भिटामिन डीले के–के काम गर्छ ?

भिटामिन डीको सहायताले हाम्रो शरीरले आन्द्राको सतहबाट क्याल्सियम सोस्ने गर्छ । यदि भिटामिन डी पर्याप्त छैन भने शरीरले क्याल्सियम लिन सक्दैन र हड्डी कमजोर हुने, हड्डीमा छिद्रा पर्ने लगायत अन्य धेरै समस्याहरु देखा पर्न सुरु हुन्छ । यस्तै, दिमागको कोषहरुले नियमित काम गर्न र शरीरको इम्युन सिस्टम ले राम्रो काम गर्न पनि भिटामिन डी कै भूमिका रहन्छ । साथै, भिटामिन डी पर्याप्त हुने मानिसलाई रुघा खोकीको भाइरसले लामो समय दुःख दिन सक्दैन ।

भिटामिन डी पाइने खानाहरु

– च्याऊ

– माछा

– पनिर

– अन्डा

– भिटामिन डी मिसाइएको दुध

कसले खाने भिटामिन डी ?

– ५० वर्ष उमेर नाघेकाले

– जाडो समयमा माथि भनिएका लक्षण देखिनेहरुले

– रक्तजाँच गर्दा भिटामिन डी लेभल कम भएकाले

– कम घाम लाग्ने ठाउँमा बसोबास गर्नेले

भिटामिन ‘डी’ कति लिने कसरी लिने ?

सकेसम्म चिकित्सकको सल्लाहमा रक्तजाँच गरेर चिकित्सकै सल्लाहमा भिटामिन डी लिनु राम्रो हुन्छ । यदि चिकित्सकको पहुँच पुग्दैन र भिटामिन डी कमी भएको लक्षण देखिएकाहरुले जाडो समयका लागि मात्र दिनको ५००० आइयू लिँदा राम्रो हुन्छ । साथै, ५० वर्ष उमेर नाघेकाले दिनहुँ लिने हो भने दिनको १००० आइयू खानुपर्छ । यस्तो भिटामिन १–२ दिन खान छुट्दैमा कुनै असर हुँदैन ।



सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।