English

बलिउडको चर्चित सिनेमा ‘स्त्रीको प्रिक्वेल तयारी



बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म ‘स्त्री’लाई दर्शकले निकै मन पराएका थिए । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्म सो वर्षको हिट फिल्ममध्ये एक थियो ।

अब भने निर्माताले यो फिल्मको प्रिक्वेल बनाउने भएका छन् । ‘स्त्री’को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका छन् ।

निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी कपूरका साथ फिल्म ‘रुही’ बनाएका थिए । यसपछि उनले वरुण धवन र कृति सेननका साथ फिल्म ‘भेडिया’ घोषणा गरेका थिए । यही मेसोमा दिनेशले ‘स्त्री’को प्रिक्वेलको योजना बनाएका हुन् ।

फिल्ममा अभिनयका लागि अभिनेत्री श्रद्धाले सहमति जनाइसकेकी छन् । फिल्म यसै वर्षको अगष्टसम्म फ्लोरमा जानेछ ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested