बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण (फोटो फिचर)
भक्तपुर नगरपालिका–७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ ।

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।

शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्ति पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए ।

स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो ।


यो पनि…
‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)
यसरी हुँदैछ बिस्का जात्राको तयारी (फोटो फिचर)