स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ कौशिकलाई
नेपाल स्काउटको सर्वोच्च पदक ‘सुनौलो गैंडा’ द्धारा चन्दन कौशिकलाई सम्मान गरिएको छ । कौशिक नेपाल स्काउटका पुर्व प्रमुख आयुक्त (चिफ कमिस्नर) हुन् । आइतबार राजधानीमा आयोजित ७१ औं स्काउट दिवसका अवसरमा उनलाई यो पदक प्रदान गरिएको हो । बिबिध कार्यक्रमका साथ सम्पन्न समारोहमा स्काउट्सहरुले मार्च मास समेत गरेका थिए ।

कम उमेरमा यो तहको सर्वोच्च पदकद्धारा सम्मानित हुने चन्दन पहिलो युवा हुन् । यसअघि अधिकांश रुपमा मरणोपरान्त प्रदान गरिने यस पुरस्कार नेपाल स्काउटको इतिहांसमै पहिलो पटक युवालाई प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ । संक्रमणकालिन अवश्थामा पनि स्काउट र युवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई ‘सुनौलो गैंडा’ द्धारा सम्मानित गरिएको पनि कार्यक्रममा उद्घोष गरिएको थियो ।

बाल्यकाले देखी स्काउट अभियानमा सक्रिय कौशिक स्काउटकै इतिहांसमा कम उमेरमा प्रमुख आयुक्त ( राष्टिय संयोजक) हुने पनि पहिलो व्यक्ति हुन् । उनी नेपाल स्काउटको राष्टिय सल्लाहाकार समेत हुन् । सामाजिक क्षेत्रमा सक्रिय उनी स्काउट र युवामा मुद्धामा आवाज मुखरित गर्न अब्बल छन् ।

यस सम्मानले म मा अझै ठुलो जिम्मेवारी थपेको महसुस भएको छ । बाल्यकाल देखी लागेको संस्थाको मायाले गर्दा यतिका उमेर स्काउटद्धारा सेवा मै बिताएं । आउने दिनमा पनि यही संस्थाद्धारा सेवामै दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
७१ बर्षको इतिहांसमा नेपाल स्काउटले गरेको स्काउटको सबैभन्दा ठुलो मानिने कार्यक्रम तेस्रो राष्ट्रिय ज्याम्बोरीको नेतृत्वको कमाण्ड समेत कौशिक स्वयंले सम्हालेका थिए । जसमा संसारभरका स्काउट्सहरुको बाक्लो उपश्थिती थियो । बुवाको प्रेरणाले सामाजिक कार्य र स्काउटमा सक्रिय कौशिक युवाहरुमाझ मुलुकभरी लोकप्रिय र शसक्त मानिन्छन् । यसअघि उनका बुवा चन्द्रदेव लाल कौशिकलाई यसै सम्मानद्धारा मरणोपरान्त सम्मान गरिएको थियो । सम्मान पछि कौशिकले भने–‘यस सम्मानले म मा अझै ठुलो जिम्मेवारी थपेको महसुस भएको छ । बाल्यकाल देखी लागेको संस्थाको मायाले गर्दा यतिका उमेर स्काउटद्धारा सेवा मै बिताएं । आउने दिनमा पनि यही संस्थाद्धारा सेवामै दृढ रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यो पनि…
वि विल राइज फाउन्डेसनद्वारा सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग