English

गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



सन् १९८०–९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए । त्यो क्रेज अहिले पनि उत्तिकै छ । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ ।

गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए । उनले निर्माण गरेको फिल्म असफल भएपछि ऋणदाताले उनलाई घरबाट निकालिदियो । त्यसपछि उनी सडकमा आए । सडकमा आए पनि उनको जिन्दगी जसोतसो चलिरहेको थियो ।

गोविन्दाको बाल्यकाल पनि अभाव र संकटमै बित्यो । जब एकदिन उनले आमा र परिवारको पारिवारिक अवस्था थाहा पाए, त्यसपछि उनी काम गर्न थाले ।

१३–१४ वर्षको उमेरमा गोविन्दाको अनुहारमा दाह्री जुँगा देखिन थालेपछि उनले आफूलाई वयस्क भएको महसुस गर्दै काम खोज्न थाले । उनी त्यो बेला दैनिक रूपमा राजश्री प्रोडक्सनमा पुगेर काम माग्थे ।

उनले १३ वर्षको उमेरमै एक किसिमको सफलता पाए । किनकि उनलाई एकसाथ ७५ फिल्मको अफर आएको थियो । उनले सबै फिल्ममा कामका लागि सम्झौता गरे । आर्थिक संकटबाट गुज्रिरहेका गोविन्दाले कुनै पनि प्रस्तावलाई अस्वीकार गरेनन् । तर यी फिल्ममा सम्झौता गर्दा भने उनको स्वास्थ्य अवस्था बिग्रियो ।

यति धेरै फिल्ममा अनुबन्धित भएपछि गोविन्दाले डबल सिफ्टमा काम गर्न थाले र त्यसको थकानले उनी बिरामी भए । त्यही बेला उनलाई दिलीप कुमारले सम्झाए र उनले २५ फिल्मलाई अस्वीकार गर्न गोविन्दालाई सुझाव दिए । लगत्तै गोविन्दाले दिलीपको प्रस्तावलाई मान्दै २५ फिलम अस्वीकार गरे ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’



सम्बन्धित खबरहरु

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested