English

सेयर बजारमा आएन रौनकता



साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७.५७ अंक घटेर १९७१.३६ विन्दुमा झरेको छ। हरेक शुक्रबार दुई घण्टा कारोबार गर्ने निर्णय आजदेखि लागुभएको छ। नियमित ४ घण्टा कारोबार भइरहेको बजारमा आज पहिलो पटक दुई घण्टा शेयर कारोबार भएको हो।

आज सेन्सेटिभ इण्डेक्स ०.६९ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३७ अंक घटेको छ। आज २२० स्टकको १५ हजार १६३ पटकको कारोबारमा ७३ करोड ६३ लाख १२ हजार रुपैयाँ बराबरको २३ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत अर्थात ५४ रुपैयाँ २० पैसा बढेर ५९६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज सिवाईसी लघुवित्तको शेयरमूल्य यस दिन ४ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

त्यस्तै, आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो स्टकको १० करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सेञ्चुरी कमर्सियल बैंकको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।