English

प्रदूषणका कारण पुरुषको लिङ्गको आकार घट्दै



यदि तपाईंलाई मौसम र वातावरणीय संकटका बारेमा चासो छ भने, यो पनि जानीराख्नुस् कि प्रदूषणका कारण पुरुषहरूको लिङ्गको आकार घटिरहेको अध्ययनले देखाएको छ ।

एक अग्रणी महामारीविद् तथा वातावरण वैज्ञानिकले औद्योगिक रसायनसंग लिङ्गको लम्बाईको सम्बन्ध जाँच्ने किसिमको अध्ययन प्रकाशित गरेका छन् । डा. साना स्वानको ‘काउन्ट डाउन’ नामक् पुस्तकमा आधुनिक विश्वले मानिसको प्रजनन क्षमताको विकासमा र मानव प्रजातिको भविष्यमा बाधा खडा गरेको विषयमा बहस समेटिएको छ ।

प्रदूषणले लिङ्गको उत्तेजनामा असामान्यता, उर्वरतामा गिरावट आदि कारणले बढ्दो सङ्ख्यामा सानो लिङ्ग भएका बच्चाको जन्म हुने क्रम उच्च दरमा बढिरहेको सो पुस्तकमा उल्लेख छ । यद्यपी, लिङ्गको आकार घटिरहेको विषय शीर्षक कतिपयलाई हास्यास्पद पनि लाग्न सक्छ । तर, यो अनुसन्धानले मानवको दीर्घायु र बाँच्ने क्षमताको एक प्रकारले तथ्य उजागर गरेको छ ।

कुनै प्रजाति खतरामा छ कि छैन भन्ने प्रश्न व्याख्या गर्न पाँच सम्भावित मापदण्ड छन्, जसमा मानव जातिले पाँचमध्ये तीनवटा मापदण्ड पूरा गर्दछन् ।

‘विश्वका केही स्थानमा हेर्ने हो भने २० बर्ष उमेरका महिलाहरूमा उनीहरूको हजुरआमा ३५ वर्ष हुँदाको जति पनि उर्वरता छैन’, डा. स्वानले विश्व अस्तित्वगत संकटमाथि प्रकाश पार्दै भन्छिन्, ‘हाम्रो वातावरणका केमिकल र आधुनिक विश्वको अस्वस्थ्य लाइफस्टाइलका कारण, विभिन्न तत्वहरूले हाम्रो हर्माेनको असन्तुलन गर्दै प्रजनन क्षमताको विनाश गरिरहेका छन् ।

कुनै प्रजाति खतरामा छ कि छैन भन्ने प्रश्न व्याख्या गर्न पाँच सम्भावित मापदण्ड छन्, जसमा मानव जातिले पाँचमध्ये तीनवटा मापदण्ड पूरा गर्दछन् । ‘कुनै एक मापदण्ड पूरा गर्नु नै काफी हुन्छ’, डा. स्वान भन्छिन्, ‘हालको स्थितिअनुसार मानवले ३ वटा मापदण्ड पूरा गरिसके । ’

प्रदूषण गर्भावस्थाका शिशु

डा. स्वानको अध्ययनअनुसार यो अवरोध प्लास्टिक उत्पादनमा प्रयोग हुने फ्यालेट्स नामक् केमिकलका कारण सिर्जना भएको हो । यसले इन्डोक्राइन हर्मोन उत्पादनमा प्रभाव पार्न सक्छ ।

फ्यालेट्स समूहका केमिकल कुनै पनि बस्तुको लचकता बृद्धि गर्न प्रयोग गरिन्छ । खेलौना, खाद्य प्याकेजिङ, डिटर्जेन्ट्स, कस्मेटिक्सलगायत विभिन्न उत्पादनमा यसको प्रयोग हुन्छ । तर यी बस्तुले मानवको विकासमा हानी पु-याइरहेको डा. स्वानको धारणा छ । डा. स्वान भन्छिन्, ‘नवजात शिशुहरू गर्भमै केमिकल संक्रमणको शिकार हुने गरेका छन् ।’ डा स्वानका अनुसार उनका प्रयजसो काम फ्यालेट्सको प्रभावहरूमा केन्द्रित छन् । उनी हालसालै मुसाहरूमा फ्यालेट्स सिन्ड्रोमको अध्ययन गरिरहेकी छिन् ।

यद्यपी, २००० सालमा मानिसमा फ्यालेट्सको डोज कम गर्ने पद्धतिको विकास भएको थियो । तत्पश्चात् डा. स्वानले यी केमिकल अभिभावकबाट सन्तानमा कसरी सर्छ ?, यसले महिलाको यौनोच्छामा कसरी प्रभाव पार्छ जस्ता अध्ययन प्रकाशित छन् । त्यस्तै भर्खरै मात्र मानिसको लिङ्गको आकारमा कसरी प्रभाव पार्छ ? भन्ने अध्ययन पनि भएको छ ।

उनले २०१७ मा पुरुषहरूको उर्वरताका बारेमा एक अनुसन्धान गरेकी थिइन् । सो अनुसन्धानमा स्पर्म र प्रदूषणको सम्बन्धको अध्ययन भएको थियो । यो अनुसन्धानलाई उनको सबैभन्दा प्रसिद्ध अध्ययन मानिन्छ ।

युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिटिक्स इन्स्टिच्युटका निर्देशक माइकल ग्रिनस्टोन भन्छन्, ‘नागरिकको तर्फबाट परिवर्तनको माग र बलियो नीतिले युरोपको वायु शुद्ध पार्न ठूलो भूमिका खेलेको छ ।

डा. स्वान र उनको टोलीले करिब ४५ हजार स्वस्थ्य पुरुष समावेश गरिएको १ सय ८५ वटा अध्ययन गरेको थियो । सो अध्ययनले १९७३ र २०११ का बीचमा पुरुषहरूमा ५९ प्रतिशतले स्पर्म क्षमता घटेको निश्कर्ष निकालेको थियो ।

यद्यपी युरोपियनहरूको लागि भने खुशीको खबर छ । युरोपियन इन्भाइरोमेन्ट एजेन्सी स्थापनाको दुई दशक यता हेर्ने हो भने युरोपियन नागरिकहरू ४१ प्रतिशत कम प्रदूषणको जोखिममा छन्, जसका कारण युरोपियनहरूको औसत आयु ९ महिना थपिएको छ ।

युनिभर्सिटी अफ सिकागोको इनर्जी पोलिटिक्स इन्स्टिच्युटका निर्देशक माइकल ग्रिनस्टोन भन्छन्, ‘नागरिकको तर्फबाट परिवर्तनको माग र बलियो नीतिले युरोपको वायु शुद्ध पार्न ठूलो भूमिका खेलेको छ । र, यसलाई निरन्तरता दिएर प्रदूषणलाई भोलिका भाग्य बन्नबाट रोक्न सकिन्छ ।’
त्यसैले यदि प्रदूषण कमी गर्ने तरिकाहरू राम्रोसँग कार्यान्वयन गर्ने हो भने, भविष्य र मानवताको उर्वरताको लागि अझै पनि आशा गर्न सकिन्छ ।



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली