पुरुष पनि रजस्वला हुने गरेको खुलासा !
पूर्णिमा कसलाई मन पर्दैन ? पूर्णिमाको चन्द्रमालाई लिएर धेरै कविहरुले कविता लेखे । यसमा विभिन्न गीतहरु पनि लेखिएका छन् । यसैबीच एक रिसर्चमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यो रिसर्च ट्यूनिशिया र कतारका वैज्ञानिकले गरेका हुन् ।

रिसर्चमा पूर्णिमाका दिन पुरुषको शरीरमा टोस्टोस्टेरोन र कोर्टिसोलको मात्रा बढ्ने गर्दछ । यसकारण उक्त दिन पुरुष अत्याधिक तनावमा हुन्छ । जसका कारण अदृश्यरुपमा पुरुषहरु पनि रजस्वला हुने गरेको पत्ता लागेको हो ।

अहिलेसम्म यो मात्रै थाहा थियो कि, चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावले पृथ्वीमा ज्वाराभाट आउँछ । यसले समुन्द्रको पानी चन्द्रमाको गुरुत्व प्रभावको दिशामा लान्छ । त्यस्तै रिसर्चका अनुसार चन्द्रमाको प्रभाव मात्र यतिमै सिमित छैन । यसको प्रभाव हाम्रो शक्तिको भित्र पनि पर्दछ । वैज्ञानिकले पूर्णिमाको दिन पुरुषको भित्र विभिन्न हर्मोनल परिवर्तन भएको बताएका छन् ।

यसका कारण पुरुषलाई राती निन्द्रा नलाग्ने हुन्छ । सेक्स हर्मोन भनिने टेस्टास्टेरोन बढ्न थाल्छ । रगतभित्र स्ट्रेस बढाउने हर्मोनको मात्रा बढ्न थाल्छ । स्ट्रेस बढाउने कोर्टिसोलमा वृद्धि हुन्छ । यो रिसर्च कतार र ट्यूनिशियाका वैज्ञानिकले मिलेर गरेका हुन् । यसलाई कतार र ट्यूनिशियाको रिसर्च सेन्टरमा गरिएको थियो ।

रिसर्च परिणामका अनुसार पछि रिसर्चमा सहभागी वैज्ञानिक इस्माइल डेरगाले यो शोधका लागि पुरुषको रगत पूर्णिमाको दिन र बाँकी दिनमा पनि परीक्षण गरिएको बताए । त्यसपछि आएको यो नतिजाले सबैलाई अचम्मित बनायो ।

वैज्ञानिकले पुरुषको रगतको स्याम्पलमा पूर्ण चन्द्रमाको दिन र बाँकी दिनमा धेरै फरक भेटिएको बताए । पुरुषहरुको रगतको स्याम्पलमा पूर्णिमाको रातमा टेस्टोस्टेरोन र स्लीप हर्मोनको मात्रा धेरै कमी थियो । त्यस्तै यो बेला स्ट्रेस हर्मोन भनिने कोर्टिसोलको मात्रामा वृद्धि भएको थियो ।