English

महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात



एसीसी महिला टी–२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्यो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन् । यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाइन् ।

भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी संगिताले ६ रनमात्र खर्चिइन् । यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिान कर्माचार्य र इन्दु वर्माले एक–एक विकेट हात पारे ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो ।

खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाएका थिए ।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिइन् । अन्य दुई बलरले एक–एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

यो पनि…
अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द