English

इन्द्रेणी रङका खेलौना किन धमाधम जफत गर्दैछन् ?



समलैंगिकताविरुद्धको कदमको एक अंशको रूपमा साउदी अरेबियाका अधिकारीहरूले राजधानीका पसलहरूबाट इन्द्रेणी रङका खेलौना र कपडाहरू नियन्त्रणमा लिइरहेका छन् । राज्य सञ्चालित अल–अरेविया समाचारस्टेसनको रिपोर्टअनुसार इन्द्रेणी रंगको रिबन, स्कर्ट, क्याप र पेन्सिल झोलाहरू समावेश छन् । अधिकांश साना बच्चाहरूको लागि डिजाइन गरिएको बताइएको छ ।

अभियानमा संलग्न वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले युवा पुस्तालाई लक्षित गर्दै इस्लामिक आस्था र सार्वजनिक नैतिकताविपरीत र समलैंगिकतालाई बढावा दिने वस्तुहरूलाई हटाएका छौं । ’

इन्द्रेणी झण्डातर्फ इशारा गर्दै एक पत्रकार भन्छन्, ‘रियादको एउटा बजारमा समलैंगिकता झण्डा छ ।’ रंगले बच्चाहरूलाई ‘विषाक्त सन्देश’ पठाउँछ, रिपोर्टमा भनिएको छ । इस्लामिक सरिया कानूनको व्याख्याका लागि कुख्यात साउदी अरबमा समलैंगिकतालाई अपराध मानिन्छ ।

यो पनि…
समलिङ्गी विवाह : अरूतिर मन जाँदैन, घर–समाज मान्दैन (भिडियो पनि)
यसरी मनाइयो ‘नेपाल गौरव यात्रा’ (फोटो फिचर)



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम