English

किन सार्वजनिक गरिएन दोषी ?



जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ठक्कै ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्रन नसकेको भन्दै पीडित परिवारले दबाब दिने उदेश्यले सडक अवरुद्ध गरेका छन् ।

हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्फु्रत सडकमा उत्रिएको मृतक राकेशभक्त पौडेलका माइला दाई राजेशभक्त पौडेलले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

२९ वैशाख मध्य राति स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताए ।

प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका–६ का चित्रबहादुर खत्री, १६ वर्षीया एक किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया छ । पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निश्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा चक्का जाम गरेका थिए ।

यो पनि…
एकै परिवारका पाँच जनाको घाँटी रेटी हत्या
जग्गाको निहुँमा जसले आमाको हत्या गरे



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।