English

कमला बोहरा खत्रीको जिन्दगीको गोरेटोमा सुनिता र अर्जुनको स्वर (भिडियोसहित)



गायिका सुनिता दुलाल र गायक अर्जुन सुनमको स्वरमा सजिएको ‘जिन्दगीको गोरेटोमा’ बोलको गीत सार्वजनिक भएको छ । आज(बुधबार) राइज मिडिया नेटवर्क युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

समाजसेवाका साथै नेपाली गीत–संगीत क्षेत्रमा कलम चलाउँदै आएकी गीतकार कमला बोहरा खत्रीले कोरेको शब्दमा गायक तथा संगीतकार सुनमले नै संगीत भरेका छन् । गीतमा प्रसन परियारले संगीत संयोजन गरेका छन् भने मनोज सुनार र नबिन सुनारले मिक्सिङको काम गरेका छन् ।

गीतको भिडियोमा अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्ललाई मूख्य भूमिकामा देख्न सकिन्छ । भिडियोलाई निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । जसमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

कुमार कुटुवालले छायाँकन गरेको भिडियोलाई राजकुमार श्रेष्ठको सम्पादन रहेको छ । त्यसैगरी, सिमोन तामाङले भिडियोलाई कलर गरेका हुन् । राइज मिडिया नेटवर्कले निर्माण गरेको भिडियोमा अशोक गुरुङले संयोजकको भूमिका निर्वाह गरेका छन् ।

याे पनि :
गायिका सुनिता दुलाल र ज्योति गुरुङको तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक
गौरी मल्ल–सरोज खनाल : मित्रताको कसिलो डोरी

भिडियो:




सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका