English

‘कांग्रेस र माओवादी केन्द्र मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो’



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाएका छन् ।

मंगलवार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँड गर्न समेत तयार नभएको भनाइ छ ।

६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निश्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।

धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।

सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्रै सिट बाँडफाँट गरेकोमा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । ‘धेरै पालिकामा कांग्रेस र माओवादी केन्द्रबीचमा मात्रै सिट बाँडफाँट गरियो, त्यो पनि पालिका, उपप्रमुख र वा अध्यक्ष र उपाध्यक्ष पदको मात्र । वडाको बाँडफाँट त उक्त दुई पार्टीकाबीचमा पनि भएन ।’ उनका अनुसार तल्लो तहसम्म गठबन्धन हुनु पर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन ।

गठबन्धतभित्र पाँच समस्या

नेपालले गठबन्धनभित्र पनि उपगठबन्धन गर्ने कुरालाई पुनः दोहोर्याउँदै स्थानीय तह निर्वाचनमा सही रुपमा तालमेल हुन नसकेको विषयलाई सात बुँदामा उल्लेख गरेका छन् ।

उनका अनुसार गठबन्धनभित्र पाँच प्रकारका समस्या रहे, पहिलो गठबन्धन गर्न नै नचाहने, दोस्रो गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौँथौँ, गठबन्धन भएका स्थानमा इमान्दारितापूर्वक भोट नहाल्ने पाँच गठबन्धन बाहिरका दलहरूसँग चुनावी तालमेल गर्ने, छौटौँ, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु्, सातौँ गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्न चाहने । ‘यो प्रवत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखियो,’ मंगलवार जारी बैठकमा नेपालले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो पनि :
‘वामगठन्धन छाडौं, लोकतान्त्रिक गठबन्धन बनाऔं’
माफ गर्न नसकिने अर्थमन्त्रीको अमर्यादित हर्कत



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।