मेलम्ची बाढीको एक बर्ष : डरै-डरको उस्तै जिन्दगी
मनसुन सक्रिय भइसकेको र यो वर्ष बढी वर्षा हुने भएकाले सम्बन्धित निकाय र सरोकारवाला सचेत भई पूर्वतयारीमा जुट्नुपर्ने देखिन्छ
मेलम्चीको बाढीले पूरै मेलम्ची बजार नै तहसनहस पारेको पनि एक वर्ष पुगेछ । प्रकोपपछिको मेलम्ची बुझ्न जब म त्यहाँ पुगेँ त्यहाँ पहिले देखेको मेलम्ची कतै थिएन । पहिले बस्ने गरेको गेस्ट हाउस भेटिएन । कटेज भेटिनँ, केवल भेटेँ, ढुंगा, ग्राभेल अनि बालुवाको थुप्रो ।
पुलको तल्लोपट्टि आँखा घुमाएँ, मेलम्ची इन्द्रावतीको दोभानसम्मका सडक खण्डको तल्लोपट्टि न बस्नेयोग्य घर नै छन् न त खेती गर्ने जमिन नै बाँकी छन् । यी सबै देख्दा मलाई लाग्यो, मेलम्ची त अहिले महाभारतको कुरुक्षेत्र पो भएछ ।
पश्चिमपट्टि रहेको मेलम्चीबाट दुवाचौरतर्फ जाने झोलुंगे पुलतिर आँखा ठोकियो । त्यो पुलमा बसेर तल खोलातिर हेर्दा कहाली लाग्थ्यो । तर, अहिले त पुलले मेलम्ची खोलानै छोएजस्तो लाग्यो ।
पुलमा बसेर हेरेँ, खोला करिब १५–२० फिट नै माथि उकासिएछ । पुलको माथिपट्टि ठुल्ठूला माछापोखरी थिए । त्यसताका खोला छेउछाउका खेतमा लहलहाउँदा धान देखिन्थे । ती सबैलाई खोलाले आफूमा समाहित गरेछ ।
पुलको तल्लोपट्टि आँखा घुमाएँ, मेलम्ची इन्द्रावतीको दोभानसम्मका सडक खण्डको तल्लोपट्टि न बस्नेयोग्य घर नै छन् न त खेती गर्ने जमिन नै बाँकी छन् । यी सबै देख्दा मलाई लाग्यो, मेलम्ची त अहिले महाभारतको कुरुक्षेत्र पो भएछ । जसरी अर्जुनको वाणबाट घाइते भीष्मपितामह वाणको शैयामा लडेजस्तै र भिडन्तमा मृत्यु भएका सेनाका शवहरू यत्रतत्र छरिएजस्तै भीष्मपितामहरूपी ठूला घरहरू ढल्न नसकी पुरिएका थिए । स–साना घर, कटेजहरू बगरमा विलीन भएका थिए । कुनै घरको त धुरी मात्रै देखिएको थियो ।
जब म पुलतर्फ लागेँ, जहाँबाट इन्द्रावती तर्दै कुनै वेला पाँचपोखरीतिर गएको सम्झेँ । न त्यहाँ मोटरगाडी हुइँकिने ठूलो पुल नै थियो, न पैदलयात्री हिँड्ने झोलुंगे पुल नै । बजारको चियापसल खोज्दै जाँदा बलराम श्रेष्ठ कहाँ पुगेँ । चिया पिउँदै २०७८ असार १ को त्यो प्रलयको बारेमा जिज्ञासा राखेँ ।
श्रेष्ठले सुनाए,‘सो दिन बेलुका ७ बजेतिर बाढी आउँदै छ भन्ने सूचना पाएपछि बजारमाथिको विद्यालयतर्फ लागें । भूकम्पको कम्पन आएजस्तो जमिन घट–घट–घट हुन थाल्यो । खोला बिस्तारै बढ्दै गयो । मेलम्ची खोला अब बगरमा मात्र सीमित भएन, दायाँबायाँ सलबलाउन थाल्यो ।’
पुलसहित बसपार्कका ट्रसहरूको जस्ता र फलामसमेत बगाएर पुलमा अड्कियो र बाढी थुनिन गयो । यता खोलामा बाढी झन्झन् बढ्दै थियो । अब बाढी बिस्तारै तल्लो बजारको बस्ती छिचोल्दै घरहरूतिर छिर्यो ।
श्रेष्ठको कुरा सुनिरहँदा अर्का स्थानीय रामकुमार आचार्यले थपे, ‘खोला उर्लेसँगै बजारछेउमा रहेको कभर्ड हललाई बाढीले बगाउन सुरु ग¥यो र हलुका सामानहरू गएर झोलुंगे पुलमा अड्कियो ।
झोलुंगे पुलनजिक रहेको मेलम्ची बसपार्कमा पानी छिर्यो । त्यहाँ रहेका ट्रसहरू बगायो, झोलुंगे पुल पनि बगायो । पुलसहित बसपार्कका ट्रसहरूको जस्ता र फलामसमेत बगाएर पुलमा अड्कियो र बाढी थुनिन गयो । यता खोलामा बाढी झन्झन् बढ्दै थियो । अब बाढी बिस्तारै तल्लो बजारको बस्ती छिचोल्दै घरहरूतिर छिर्यो ।’
स्थानीयलाई अब बाढीले सबै घर लाने भयो भन्ने त्रास बढ्यो । उनका अनुसार बाढी सडकतिरबाट बग्दै मेलम्ची तल्लो बजारको पुलतिर निस्कियो । उताबाट थुनिएको बाढीको चाप यताबाट सडक हुँदै बगेको पानीले पुलको छेउ खोलिन थाल्यो र पुलको अस्तित्व पनि ढल्यो ।
भोलिपल्ट पनि बाढीको सतह नघटेको र बस्तीमा पानी भरिएकै अवस्थामा थियो । दिउँसो ३ बजेदेखि मेलम्ची खोलामा पानी नबगी लेदो बग्न थाल्यो । ‘सर्पका जोडिहरु लठारिए जसरी लेदो मडारिँदै बगर र बस्तीमा फिजारिन थाल्यो, केहि समयमै त्यहाँबाट पटक–पटकगरि हावाका फोकाहरु बाहिरियो बिस्तारै लेदो अलकत्रा जस्तै भएर जम्न थाल्यो ।’
उक्त प्रकोप पश्चात् मेलम्ची छेउका सबै पीडितको बास विद्यालयमा भयो । विभिन्न निकाय तथा व्यक्तिहरूको सहयोगबाट खानाको प्रबन्ध तथा राहत वितरण गरियो । १० दिनपछि नगरपालिकाको अगुवाइमा पीडित परिवारलाई ग्यास, भाँडाकुँडा र राहत सामग्रीका साथै ठाउँ हुनेले आफन्तको घरमा र नहुनेले कोठामा बस्न भन्दै विद्यालय खाली गराइयो ।
अब घर पनि छैन, पैसा पनि छैन । सरकारको आस पनि छैन । बाढीको डरले डाँडामा घर बनाउँदा फेरि पहिरोले लाने हो कि ! डरैडरमा जिन्दगी जाने भयो ।
साउन १७ मा फेरि बाढी आयो । चनौटेको पुल र खोला–किनारका थप घरहरू बाढीले बगायो । भदौ लागेसँगै वर्षात्मा केही कमी आउन थाल्यो । श्रेष्ठका अनुसार मेलम्ची बजारका प्रभावितहरू समिति बनाएर विभिन्न निकायको सहयोगमा तल्लो बजार क्षेत्रको लेदो सफा गर्न थाले ।
उनले पनि आफ्नो एक तलासम्म पुरिएको घरको माटो निकाल्दा भुइँ भासिएको, गारो भत्किएकोे, खापा फुटेको देख्दा त्यसलाई आफ्नै खर्चमा मर्मत गरेर बस्नयोग्य बनाए । उनले भने, ‘६ महिनापछि यस घरमा बस्न सुरु गरेँ । पसल पनि चलाउन थालेँ । जसोतसो तंग्र्याउने प्रयासमा छु ।’
श्रेष्ठ जस्ता धेरै परिवारले आफ्नो तर्फबाट व्यवस्था गर्दै बसोवासको जोहो गरिरहेका छन् । एकजना स्थानीयले सुनाए, ‘सरकारको तर्फबाट घोषणा गरेको राहत त आउला तर त्यसको प्रक्रिया नै झन्झटिलो छ । कहिले आउँछ थाहा छैन,’उनले दुखेसो पोखे, ‘अब घर पनि छैन, पैसा पनि छैन । सरकारको आस पनि छैन । बाढीको डरले डाँडामा घर बनाउँदा फेरि पहिरोले लाने हो कि ! डरैडरमा जिन्दगी जाने भयो ।’
मेलम्ची बजारपछि माथिल्लो क्षेत्रको प्रभाव हेर्न तालामाराङतर्फ लागेँ । मेलम्ची खोलाको वारिपट्टिको सडक र पारिपट्टिको जंगलसम्मको सबै खेत बगरमा परिणत भएछन् ।
पूर्ववडाध्यक्ष पूर्णबहादुर थापाको मेलम्ची खोला छेउको धान खेत खोलाले लगेछ । ५० मुरी धान, १० मुरी गहुँ उत्पादन हुने उक्त खेतमा हिउँद याममा समेत आफूले वर्षभरि खाएर ४० हजारसम्मको आलु बेच्ने गरेको उनले सुनाए । उनले भने,‘यसपालि त जम्मा तीन मुरी धान मात्रै भित्र्याएँँ ।’
मेलम्चीमा २०२२ र २०५४ मा पनि बाढीको कारण क्षति भएको थियो । तर, यति ठूलो क्षतिको अनुभूति गरेको जीवनमा पहिलोपटक हो । त्यसैले विपत्को सामना र व्यवस्थापनका लागि सम्बन्धित निकाय हरहमेसा तयारी अवस्थामा रहन जरुरी छ ।
मेलम्चीको प्रमुख समस्या खेतीयोग्य जमिनको पुर्नव्यवस्थापन नै देखिन्छ । स्थानीय एकादत्त धितालका अनुसार नगरपालिकाबाट खोला व्यवस्थापनका लागि केही बजेट छुट्याइएको त छ, तर त्यो बजेटले केही हुने वाला छैन । यसका लागि त राज्यको सबै संयन्त्र लाग्नुपर्ने देखिन्छ ।
यसको उचित व्यवस्थापनका लागि दसकौं लाग्ने निश्चित छ । पूर्ववडाध्यक्ष थप्छन्, ‘नेवारहरू खोलालाई खुसी भन्छन् । यो आफ्नो खुसीमा बग्छ । खोलालाई थुनेर साँघुरो पार्ने कार्य गर्दा एकातिर ठूलो धनराशि खर्च हुन्छ र अर्कातर्फ फेरि पनि खोला आफूखुसी बग्न खोज्दा कटान हुन्छ ।’
खेतीयोग्य जमिनको पुर्नव्यवस्थापनका लागि राज्यबाट लाग्ने अर्बौ रकम पीडितहरूको क्षतिको मूल्यांकन गरी अन्यत्र कतै खेतीयोग्य जमिन किनेर क्षतिका आधारमा पीडितहरूलाई वितरण गर्न सके उचित हुने उनको भनाइ छ । आचार्यले बताए अनुसार, मेलम्चीमा २०२२ र २०५४ मा पनि बाढीको कारण क्षति भएको थियो । तर, यति ठूलो क्षतिको अनुभूति गरेको जीवनमा पहिलोपटक हो । त्यसैले विपत्को सामना र व्यवस्थापनका लागि सम्बन्धित निकाय हरहमेसा तयारी अवस्थामा रहन जरुरी छ ।
याे पनि :
बगरबाट घर खोतल्दै मेलम्चीवासी
वर्षात्को मौसम सुरु भएसँगै विपत् व्यवस्थापनको वारेमा स्थानीय निकायको तयारीको सम्बन्धमा धिताल भन्छन्, ‘विपत् व्यवस्थापनका बारेमा नगरपालिकाले खासै तयारी गरेको देखिदैन । पुराना कार्यपालिकाका पदाधिकारीहरू केही नगरी बिदा भए । नयाँ जनप्रतिनिधि विजय उत्सव मनाउनमै व्यस्त छन्, यता वर्षा लागिसक्यो ।’
सरकारको तर्फबाट पनि यसबीचमा केही कामहरू भएको देखिन्छ । सरकारले तत्काल अस्थायी बसोवासको व्यवस्थापनका लागि भन्दै घर क्षति हुने परिवारका लागि केही रकम र जस्तापाता उपलब्ध गरायो । सोसँगै घर प्रभावित हुने घरधनीलाई पुननिर्माणका लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ । यसका लागि क्षतिग्रस्त जग्गाजमिन र घरधुरीहरूको पहिचान भइसकेकोले प्रक्रिया अघि बढेको देखिन्छ ।
योसँगै स्थानीय उपभोक्ता समितिमार्फत खोलाको साबिक मार्ग एक्साभेटरको सहायताले खोल्ने कार्यसँगै संवेदनशील ठाउँमा सडक थप कटान नहोस् भनेर तटबन्ध निर्माणको कार्य गरिरहेको छ । यी सबै गर्दैगर्दा पनि पीडितहरूले आफ्नो घाउमा मलमपट्टी लागेको अनुभूति गरेको पाइँदैन । जो सक्षम छन् तिनीहरूले आफ्नोतर्फबाटै बसोवासको व्यवस्थापन गर्न थालेका छन् । गरिब, निमुखाहरू अझै पनि सरकारको प्रतीक्षामा छन् ।
मेलम्ची–हेलम्बु सडक खण्डभन्दा तल्लो भाग बाढीको उच्च जोखिममा छ भनेर विभिन्न अध्ययनले देखाउँदा पनि राज्यको ढुकुटी खर्च गरी बनेका संरचनाहरू पनि त्यस्ता ठाउँमा बनेका देखिन्छन् । जसले गर्दा सरकारी ढुकुटीको ह्रास हुनु त छँदै छ, त्यसको कारण थप जोखिम बढाउन सहायता प्रदान गर्छ भन्ने उदाहरण मेलम्चीमा निर्मित कभर्ड हल र बसपार्कले सिद्ध गरेको छ । यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।
क्षति भएका घरहरू कति त भूकम्पपछि पुनर्निर्माण भएका पनि छन् । सोही बखत जोखिमयुक्त क्षेत्रको मूल्यांकन गरी निर्माण गर्न सकेको भए क्षति कम हुन सक्थ्यो । यो कुरा सोचनीय छ ।
त्यसैगरी, जोखिमयुक्त स्थानमा बस्ती बसाल्न निरुत्साहित गर्न विकल्पसहितको कदम चाल्नु आवश्यक छ । उदाहरणका लागि क्षति भएको ठाउँमा फेरि पनि घर बनाउन निरुत्साहित गर्न पीडितको अन्यत्र जमिन भए त्यहाँ बनाउन प्रोत्साहन गर्ने, नभए सरकारले व्यवस्थापनका उपाय अपनाउनुपर्ने जरुरी छ ।
क्षति भएका घरहरू कति त भूकम्पपछि पुनर्निर्माण भएका पनि छन् । सोही बखत जोखिमयुक्त क्षेत्रको मूल्यांकन गरी निर्माण गर्न सकेको भए क्षति कम हुन सक्थ्यो । यो कुरा सोचनीय छ । निजी आवासीय संरचना र सार्वजनिक भौतिक संरचना त समयसँगै निर्माण हुने नै छन्, मेलम्चीको अर्को समस्या भनेको हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत हुँदा त्यसमा प्रत्यक्ष रूपमा आश्रित परिवारहरूको जीविकोपार्जनमा पारेको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने रहेको छ ।
यसका लागि छुट्टै अध्ययन गरिनुपर्छ । नेपालमा जोखिमयुक्त स्थानहरू धेरै छन् र मेलम्चीबाट पाठ सिक्दै त्यस्ता ठाउँको पहिचान गरी ठाउँविशेष विपद् व्यवस्थापन योजना बनाउन पालिका तहबाट नै आवश्यक कार्य गरिनुपर्ने देखिन्छ ।
सो कार्यका लागि संघीय र प्रादेशिक सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने आवश्यक देखिन्छ । साथै, देशमा मनसुन सक्रिय भइसकेको र मौसम विज्ञान विभागले समेत गत वर्षहरूको तुलनामा यस वर्ष बढी वर्षा हुने बताइरहँदा सम्बन्धित निकाय सचेत भई पूर्वतयारीमा जुट्नुपर्ने देखिन्छ । किनकी, माथि भनिएजस्तै खोला भनेको खुसी हो, यो आफ्नै खुसीमा बग्छ । त्यसोभए खोलाको खुसी खलबल्याउन खोजेर जोखिम किन मोल्ने ?
(अर्याल सोसल साइन्स वहाःसँग आवद्ध छन् ।)
याे पनि :
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
राइज मिडियाको पहलमा मेलम्ची बाढी पीडितलाई सहयोग