English

अझै रोकिएन नेप्सेको ओरालो यात्रा, परिसूचक १९९६.२६ बिन्दुमा



नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रा कायमै रहेको छ । मंगलबार कारोबार सुरुवाती कारोबारबाटै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्म ३६ दशमलव ०७ अंकको गिरावटसहित १९९६ दशमलव २६ बिन्दुमा आएर रोकिएको हो ।

यसैक्रममा आज नेप्सेमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक उच्च अंकले घटेको बजारमा आज कारोबार भएका सबै उपसमूहमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा धेरै निर्जिवन बीमा, वित्त र विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् ।

जसमा निर्जीवन बीमा समूहमा २४२ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १ सय ८६ अंकको गिरावट आएको छ । त्यस्तै, लघुवित्त समूहमा ७७ अंकको गिरावट आएको छ भने विकास बैंक समूहमा ७६ अंकको गिरावट आएको छ । त्यसैगरी, उत्पादनमूलक समूहमा ६७ अंक र जलविद्युत समूहमा ६६ अंकले पहिरो गएको छ ।

त्यस्तै, व्यापार समूहमा ५२ अंकले गिरावट आउँदा अन्य समूहमा ५१ अंकले घटेको छ । होटल र टुरिज्म समूह ४६ अंकले घट्दा वित्त समूहमा ३२ अंकको पहिरो गएको छ । आज घटेको मध्ये सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ ।

परिसूचकमा भारी गिरावट हुँदा केही कम्पनीको भने मूल्य बढेको छ । जसमध्ये आँधिखोला लघुवित्त वित्तिय संस्थाको ८ दशमलव १८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएमबीको ४ दशमलव १० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३ दशमलव ७२ प्रतिशतले बढेको छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।