English

सन्दर्भः विश्व सम्पदा दिवस

मध्यपुरका मेयरलाई सम्पदाविद् रवीन्द्र पुरीको खुलापत्र



मदन सुन्दर श्रेष्ठ ज्यू
मेयर, मध्यपुर थिमी भक्तपुर ।

मध्यपुर थिमी नगरपालिकाको प्रमुख भएका कारण स्वभाविक रुपमा तपाईंले धेरै विषयमा ध्यान लगाउनु पर्छ नै । विश्व सम्पदा दिवसको अवसरमा म भने सम्पदाको आँखावाट जानेका वा मलाई लागेका कुरा प्रस्तावको रुपमा उल्लेख गर्दैछु । आवश्यक ठान्ने वा नठान्ने यहाँको जिम्मा ।

सम्पदाको क्षेत्रलाई यहाँले दिनु भएको महत्व मिडिया मार्फत हेर्ने र सुन्ने गरेको छु । तपाईंको सक्रियता प्रंशसायोग्य छ ।

पछिल्लो समय कालिडोल बुढाथोकी गाउँ, राधेराधे, कुन्डोल हाडोल र मनोहरा निलबराही क्षेत्रको जग्गा रोक्का गरी आवास क्षेत्र निर्माण गर्ने सुनेपछि केही सल्लाह लेख्ने जमर्को गरेको हुँ । अन्यथा नलिनु होला ।

मध्यपुर थिमीलाई मौलिक बनाउन वा मध्यपुरको पहिचान स्थापित गर्न तपाईंका लागि यो सुवर्ण अवसर हो भन्ने मलाई लाग्छ । यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने सवालमा यहाँले केन्द्रीत हुनैपर्छ ।

नयाँ आवास क्षेत्र बनाउँदा यी ४ कुरामा ध्यान दिनुभयो भने परिणाम सही निस्कन्छ –

१. ती क्षेत्रमा नयाँ घर बनाउनेहरुलाई अनिवार्य रुपमा घरको मोडेल दिनुहोला । ताकि एउटै वा मौलिक प्रकारको घर निर्माण हुन सकोस् ।

२. नयाँ आवास क्षेत्रमा हाम्रा परम्परागत संरचना जस्तो – ढुंगेधारा, पाटी–पौवा, चैत्य, पोखरी आदि निर्माण गर्नुहोला ।

३. छिटी, मटान, चोटा र बुंइगल काठमाडौं उपत्यकाको परिचय हुन् । यी परम्परागत परिचयलाई जोगाई दिनुहोला । भक्तपुर नपाले निर्धारण गरेको ३५ फिट अग्लो घरको ‘कन्सेप्ट’लाई तपाईंको पालिकाले पनि पालना गरोस् । अर्थात् चार तलेभन्दा अग्ला घर नबनाउन कडाइका साथ लागु गर्नुहोला ।

४. समग्रमा नेवारी मौलिकता देखिने र जोखिने संरचना निर्माण गराउनु होला । काठमाडौं उपत्यकालाई नेवारी शैलीमा विकास गरियो भने यसको अर्थ र उद्देश्य सही हुन्छ ।

माथिका चार बुँदालाई नीति बनाउँदै कार्यान्वयन गर्नुभयो भने मध्यपुर थिमीको मुहार फेरिन्छ । समयले खोजेको पहिचान स्थापित हुन्छ । पर्यटकको घुइचो थामिनसक्नु हुन्छ । यसका लागि थप बजेट पनि चाहिँदैन । खालि तपाईंले बनाउने नीति नियमले यस्तो संरचना बन्नेछ ।

त्यसैगरी मध्यपुर थिमीले तत्कालै गर्नुपर्ने काम पनि देखेको छु । जस्तोः

१. भएका सम्पदाको संरक्षणमा लाग्नुपर्यो ।

२. सम्पूर्ण सम्पदाको ‘डकुमेन्टेसन’ गर्नुपर्यो ।

३. बिग्रिसकेकालाई पनि सम्पदामैत्री बनाउनु पर्यो ।

४. नेवारी शैलीलाई जुनसुकै क्षेत्र र स्थानमा स्थापित गर्ने कार्ययोजना तयार गर्नुपर्यो ।

मेयर साहेव, हाम्रो देशमा विगतदेखि नियाल्ने हो भने निर्माणका ८ वटा शैली छन् । शेर्पा, गुरुङ, तामाङ, थारु, मैथिली, किराँत, खस र नेवारी । यो नेवारी क्षेत्र भएकाले यसमा तपाईं फोकस हुन जरुरी छ । र, शक्तिशाली स्थानीय सरकारले यी काम गर्न पनि सक्छ ।

मैले भनिरहनु पर्दैन कि, जुनसुकै काम गर्दा पनि प्रणालीको विकास गर्नुपर्छ । वर्तमानमा हामी प्रणाली स्थापित गर्न निर्मम हुन सकेनौं भने इतिहासमा हामीलाई हेर्ने नजर फितलो हुन्छ । त्यसकारण हामी हाम्रो मौलिक कला–संस्कृति स्थापना गर्न हदैसम्म गम्भीर हुन जरुरी छ ।

सम्पदा संरक्षणमा लागि पर्नेहरुको शुभचिन्तक
रवीन्द्र पुरी
सम्पदा संरक्षणकर्मी, भक्तपुर
२०७८।०१।०५



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।