English

पोखराको पर्यटनमा धक्का

पोखराबाट प्याराग्लाइडिङ हटाउन नागरिक उड्ययन प्राधिकरणको निर्देशन


निर्माणाधिन पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण यहाँ हवाई खेल गर्न नमिल्ने भएको छ । पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेको छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।

‘अन्तराष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैले साथीहरूलाई त्यहि भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौं प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तराष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अंग्रेजी नयाँ वर्षबाट अन्तराष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् । नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारी पोखरामा प्याराग्लाइडिङका लागि भनेरै पनि पर्यटक आउँछन् ।

हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ, पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धरासायी हुन सक्छ ।

‘हिमालदेखि तालसम्म सुन्दर दृश्य हेर्न पाउँछन् । यहाँको हावापानीका कारण पनि प्याराग्लाइडिङ उत्कृष्ट बनेको छ,’ उनले भने, ‘पोखराबाट विस्थापित गर्नुपरे बर्बाद हुन्छ । पर्यटन धरासायी हुन सक्छ ।’ व्यवसायीहरूले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरुले सकेसम्म पोखराबाट विस्थापित नगर्न भनेका छन् । पोखराको प्याराग्लाइडिङ विश्वमै उत्कृष्ट गन्तब्यमध्ये तेश्रोमा पर्छ । यहिँबाट विस्थापित भए पर्यटकको संख्या पनि घट्ने व्यवसायीहरूको भनाइ छ ।

प्याराग्लाइडिङसँगै पुतली जहाजको रुपमा परिचित अल्ट्रालाइट र जाइरोकोप्टरले पनि विकल्प खोज्नुपर्ने अवस्था आएको छ । हरेक दिन अल्ट्रालाइटले पोखरा बजारसहित हिमालको छेउसम्म यात्रुलाई घुमाउने गरेको छ । विशेषतः चिनियाँ पर्यटकको रोजाइमा पर्छ, अल्ट्रालाइट र प्याराग्लाइडिङ ।

यो पनि…
वर्ष २०७८ : पर्यटनमा निराशासँगै उत्साह
‘पहाडकी रानी’को काखमा प्याराग्लाइडिङको रौनक



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन