स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा दिने नेपालको पहिलो आईबी स्कूल
प्रिमियर इन्टरनेशनल स्कूल एक अन्तर्राष्ट्रिय विद्यालय हो, जहाँ नेपालमै पहिलो पटक आई.बी. (इन्टरनेशनल ब्याकलोरेट) स्कूलका रुपमा परिचित छ। विश्वमै आई.बी. लाई वर्ल्ड क्लास एजुेकशनका रुपमा लिने गरिन्छ।
सन् २००८ मा स्थापना भएको यो स्कूल वर्ल्ड क्लास एजुकेशन दिनेमा प्रिमियर इन्टरनेशनल स्कूल अग्रस्थानमा रहेको छ । स्वच्छ, सुन्दर, शान्त वातावरणमा सुविधासम्पन्न भौतिक संरचनासहित यो स्कूल ललितपुरको खुमलटार हाईटमा अवस्थित रहेको छ । विद्यार्थीलाई नवीनतम शैलीले पढाउन जोड दिँदै आएको प्रिमियर स्कूल आई।बी मान्यता पाउने नेपालको पहिलो अन्तर्राष्ट्रिय विद्यालय हो। आई.बी शिक्षण पद्दती नेपालमा मात्र हैन, अन्तर्राष्ट्रियस्तरमा समेत उत्कृष्टरुपमा लिने भएकाले रोयल करिकुलम पनि भन्ने गरिएको छ।
२१ औं शताब्दीमा विभिन्न परिवर्तन आइरहेका समयमा बालबालिकालाई चाहिने ज्ञान सिप तथा दक्षता प्रिमियिर इन्टरनेशनले दिएको छ। प्रिमियर स्कूलले घोक्ने भन्दा पनि विद्यार्थीले बुझेर अध्ययन गर्ने शैलीलाई केन्द्रित गरेको छ। पाठ्यपुस्तकमा भएका बाहेक बालबालिकालाई सिक्ने अवधारणालाई फराकिलो बनाउने तथा उनीहरुको विचार तथा रचनात्मक कार्यलाई समेत आई।बी एजुकेशन प्रणालीमा महत्व दिएको छ।
प्रिमियरले बालबालिकालाई समाजमा सकारात्मक बनाउन तथा उनीहरुमा सीप क्षमता विकास गर्दै लैजान शिक्षा प्रणालीलाई अँगालेकाले आई.बी.लाई संसारभरि नै मान्यता दिएको छ। यो स्कूलले विद्यार्थीलाई आफूले सिकेका कुरालाई व्यवहारमा उतार्नसमेत प्रोत्साहन दिँदै आएको छ। यो स्कूलको सिकाई विधि अन्य विद्यालयको भन्दा पृथक भएकाले समेत यहाँ अध्ययन गरेका विद्यार्थी विदेशमा भएका विभिन्न प्रतिस्पर्धामा समेत अब्बल सावित भएका छन् ।

विद्यार्थीलाई मात्र नभएर शिक्षकरशिक्षिकालाईसमेत अन्तर्राष्ट्रिय शिक्षण पद्दतिको तालिम दिने गरिएको छ। प्रिमियर इन्टरनेशनलले आई.बी एजुकेशन दिने भएकाले मापदण्ड पालना भए–नभएको समेत अन्तर्राष्ट्रियस्तरमा हेरिने भएकाले सूक्ष्म ढंगले विद्यार्थीलाई अध्ययन अध्यापनमा ध्यान दिँदै आएको छ।
विद्यालयले नेपाली भाषालाई समेत प्राथमिकता दिँदै विद्यालयमा अंग्रेजी भाषा अध्यापनका क्रममा प्रयोग हुने गरेको छ। यो बाहेक विदेशी भाषामा चिनियाँ भाषासमेत पढाउँदै आएको छ। राष्ट्रले शिक्षामा लगानी गर्नुपर्ने मान्यतालाई प्राथमिकता दिँदै आएको प्रिमियर इन्टरनेशनल स्कूलले समेत विद्यालयको शिक्षण पद्धतीलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी राखेको छैन। यो विद्यालयले सामाजिक दायित्व वहन गर्नको लागि विभिन्न प्रोग्रामहरु मार्फत विद्यार्थीको क्षमता विकासमा जोड दिँदै आएको छ।

प्रिमियर इन्टरनेशनल आई.बी स्कूलले विद्यालयल जीवन बनाउन मात्र नभएर आफैंभित्र जीवन खोज्नुपर्छ भन्ने मान्यतालाई जोड दिँदै अध्ययन अध्यापन गराउँदै आएको छ। स्थापनादेखि प्रिमियर स्कूलले एउटै पद्धति मात्र नभएर आफूलाई बजारको माग अनुसार परिवर्तन गर्दै लगेको छ। प्रिमियर इन्टरनेशनल आई।बी स्कूलले पाठ्यपुस्तक अध्ययन अध्यापन बाहेक विभिन्न तथ्य, ज्ञान तथा सिपयुक्त विषयबारे जानकारी दिने गर्दछ। २१ औं शताब्दीको पृथक शैक्षिक संस्थाका रुपमा रहेको यस स्कूलले विद्यार्थीलाई पृथक ढंगले पढाउने गरेको छ।
प्रिमियर इन्टरनेशनल आई.बी.वर्ल्ड स्कूल प्रिमियर एजुकेशन नेटवर्क (पी.इ.एनं) अन्तर्गत रहेको छ। आई.बी कार्यक्रम अन्तर्गत रहेर ४ तहमा शैक्षिक कार्यक्रम ल्याएको छ । अर्ली एयर्स, प्राइमरी एयर्स प्रोग्राम(पी.वाई.पी), मिडल एयर प्रोग्राम (एम.वाई.पी) र डिप्लोमा प्रोग्राम आई.बी करियर सर्टिफिकेट (आई.बी.सी.सी) रहेको छ। अर्ली एयर्समा मन्टेश्वरी, प्राइमरी स्कूलमा (कक्षा १ देखि कक्षा ५ सम्म) मिडल स्कूल र जुनियर हाई स्कूल कक्षा ६ देखि १० सम्म तथा सिनियर हाई स्कूलमा कक्षा ९ देखि कक्षा १२ राष्ट्रिय बोर्ड अन्तर्गत रहेका छन्।

आई.बी एजुकेशनमा विद्यार्थीको सामाजिक, मानसिक तथा भावनात्मक स्थितिलाई ध्यान दिएर अनुभवी अध्यापकबाट पढाइने गरिन्छ। यो स्कूलमा पुरातन शैलीभन्दा पनि आधुनिक शिक्षण प्रणालीलाई जोड दिँदै आएको छ। विद्यार्थीको उमेर समूह र तह अनुसार साना विद्यार्थीलाई निर्णय गर्ने क्षमता, सामाजिक तथा संचार गर्ने क्षमता लगायत विकास गरिन्छ। प्रिमियम स्कूलले प्रत्येक विद्यार्थीलाई ध्यान दिएर उमेर समूह अनुसार परामर्श दिने गर्दछ। यो प्राइमरी एयर्स प्रोग्राममा विद्यार्थीलाई नै विभिन्न अवसर दिने गरिन्छ। विद्यार्थीको सर्वागिंण विकासमा ध्यान दिँदै यो स्कूलले बालबालिकालाई सामाजिक, मनोवैज्ञानिक परामर्शसमेत दिने गर्दछ। विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा समेत समावेश गरिन्छ।
यो स्कूलले विद्यार्थीको क्षमता अभिवृद्धि गर्न उनीहरुमा अनुशासित, साहषी, चुनौती सामना गर्ने, समस्या समाधान गर्ने क्षमता, स्वतन्त्र भएर काम गर्ने वातावरण सिर्जना गरेको छ। विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका कोर्ष बाहेक अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको छ। विद्यार्थीको सिप तथा क्षमता विकासका लागि हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य, गीत संगित, फोटोग्राफी, खेलकुद, फिल्म मेकिङ लगायतसमेत कौशलमा प्राथमिकता दिएको छ। प्रिमियर इन्टरनेशनल स्कूलले आर्जन गरेको ज्ञान, सिप अनुभव तथा पाएका सफलतालाई साट्दै अगाडि बढ्ने गरेको छ। स्वदेशमै बसेर बालबालिकाका लागि अन्तर्राष्ट्रिय पढाई भएर विदेशमा समेत विद्यार्थीलाई प्रतिस्पर्धा गर्न सक्ने आधारशीला बनाउन प्रिमियर इन्टरनेशनल आई.बी वर्ल्ड स्कूल प्रतिबद्ध रहेको छ।
याे पनि…
अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी
सिंहदरबार वैद्यखानाका कर्मचारीले न काम पाए न तलब