English

बाल्टिक सागरमा रहस्यमय विमान भेटिएपछि…



आजसम्म, मानिसलाई समुद्र र एलियनहरूको रहस्यमय संसारको बारेमा धेरै थाहा छैन। जसका कारण मानिसले अझै पनि यसको रहस्य जान्न खोजिरहेका छन् । आज हामी तपाईंलाई एलियन र समुद्रसँग सम्बन्धित यस्तै घटनाको बारेमा बताउन गइरहेका छौँ, जसको रहस्य आज पनि रहस्यमै छ। वास्तवमा हामी केही वर्ष पहिले बाल्टिक सागरमा देखिएको रहस्यमय वस्तुको कुरा गर्दै छौँ । बाल्टिक उत्तरी युरोपको एक समुद्र हो जुन लगभग चारैतिर जमिनले घेरिएको छ।

यसको उत्तरमा स्विडेन, उत्तर पूर्वमा फिनल्याण्ड, पूर्वमा इस्टोनिया, दक्षिणमा पोल्याण्ड र दक्षिण पश्चिममा जर्मनी रहेको छ। करिब आठ वर्षअघि, पूर्व पोल्याण्डका गोताखोरहरूले समुद्र सतहभन्दा ४० फिट तल एउटा जहाजबाट खनिज पानीले भरिएको २०० वर्ष पुरानो १२ इन्च लामो जग फेला पारेका थिए।

त्यसपछि एउटा अनौठो विमानले खोजकर्ताहरूलाई चकित पार्यो। महासागरको गहिराइमा एलियन प्लेन भेटिएको यो पहिलो पटक भएको बताइएको छ । अन्य संसारका एलियनहरूमा विश्वास गर्नेहरूले भनेका छन् कि यो एलियनहरूको अन्तरिक्ष यान हो जुन समुद्रमा झरेको छ।

यो के हो भन्ने दावीका साथ कसैले भन्न सकेका छैनन्। बाल्टिक सागरको अँध्यारो फेदमा देखा परेको यो रहस्यमय विमान धेरै अनौठो थियो। पिटर लिडेन बर्गको नेतृत्वमा रहेको स्वीडिश ओशन एक्स टोलीले यो पत्ता लगाएको थियो। डेनिस एशबर्ग यस टोलीका सह–अनुसन्धानकर्ता र कप्तान थिए।

समुद्रको सतहबाट करिब ३०० फिटको गहिराइमा भेटिएको यो विमान स्टार–वार चलचित्रमा देखिएको अन्तरिक्ष यानसँग मिल्दोजुल्दो थियो। जब गोताखोर टोली यस स्पेसक्राफ्टको नजिक पुग्यो, ती गोताखोरका सबै इलेकट्रोनिक उपकरणले काम गर्न छोड्यो।

आश्चर्यको कुरा यो थियो कि हामी त्यो अन्तरिक्ष यानबाट करिब २०० मिटर टाढा गएपछि हाम्रा उपकरणहरू पुनः सुचारु भयो।

एउटै कुराले सबैको मनमा आतङ्क मच्चाइरहेको थियो कि विमानको नजिक पुग्ने बित्तिकै उनीहरूको उपकरणले कसरी काम गर्न छोड्यो। जबकि उनीहरू पूर्ण तयारी अवस्थामा थिए। यस टोलीका सदस्य रहेका प्रोफेसनल गोताखोर स्टीफन होगरबोर्नले त्यहाँबाट सायद कुनै रहस्यमय विद्युत् चुम्बकीय तरङ्ग निस्किएको बताएका छन्, जसका कारण उक्त अन्तरिक्ष यान नजिक पुगेपछि उनको स्याटलाइट फोनले पनि काम गर्न छाडेको थियो ।

उनले भने, ‘आश्चर्यको कुरा यो थियो कि हामी त्यो अन्तरिक्ष यानबाट करिब २०० मिटर टाढा गएपछि हाम्रा उपकरणहरू पुनः सुचारु भयो।’

बाल्टिक सागरमा भेटिएको गोलाकार विमान करिब २०० फिट चौडा र २६ फिट लामो थियो। हेर्दा हेर्दा च्याउ जस्तो देखिन्थ्यो । अन्तरिक्ष यानको बारेमा अचम्मको अर्को कुरा यो थियो कि जुन धातुबाट यो बनाइएको थियो त्यो प्रकृतिमा कतै पाइँदैन।

यसको नमुना अनुसन्धानका लागि पठाइए पनि यस रहस्यमय धातुलाई लिएर वैज्ञानिकहरू पनि छक्क परेका थिए, यी सबै कारणले गर्दा अधिकांश मानिसहरूले यो एलियन प्लेन हो जुन कुनै कारणले समुद्रभित्र गाडिएको हुनुपर्छ भन्ने अनुमान गरिरहेका थिए ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
अचम्मको पत्थर, यस्तो छ रहस्य



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested