English

हिजोआज ब्वाइफ्रेण्डसँग कुरा हुँदैन



नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुन्– सुष्मा कार्की । मेरो एउटा साथी छ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी कार्कीले हालसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छिन् । लुट, बिन्दास, बिन्दास २, सकस, अदालत लगायतका चलचित्रमा अभिनय गरिसकेकी कार्कीसँग गरिएको गुडनाइट वार्ता:

बेलुकाको खाना कति बजे खानुहुन्छ ?

६ बजे नै खाइसक्छु ।

बेलुका के खानुहुन्छ ?

हिजोआज फ्रुट सलाद खान थालेको छु ।

कति बजे सुत्नुहुन्छ ?

१० बजेभित्र सुतिसक्छु ।

ब्वाइफ्रेण्डसँग कतिबजेसम्म कुरा हुन्छ ?

ब्वाइफ्रेण्डसँग बेलुका कुरा गर्दिनँ ।

बेडमा जानुअघि के गर्नुहुन्छ ?

नुहाउँछु । फ्रेस हुन्छु ।

सिरानी कता पार्नुुहुन्छ ?

सिरानी दक्षिण पार्छु । तर, सिरक ओढ्दिन । सिरक ओढ्दा थिचे जस्तो हुन्छ ।

जाडो महिनामा पनि सिरक ओढ्नुहुन्न ?

ओढ्दिनँ । हिटरले बेड रुम तातो हुन्छ ।

के लगाएर सुत्नुहुन्छ ?

गाउन लगाउँछु ।

बेलुका रक्सी खाने बानी छ कि छैन ?

पहिला बेलुका खान्थें तर, अहिले खान छोडेको छु ।

सुत्नुअघि अन्तिम पटक के खानुहुन्छ ?

एक गिलास दुध ।

सुत्नु अघि नियमित गर्ने काम के हो ?

किताब पढ्ने ।

सपना देख्नु कि देख्नुहुन्न ?

सपना एकदमै कम देख्छु । देखेको सपना पूरा भएको छ ।

निन्द्रा लागेन भने के गर्नुहुन्छ ?

कसैलाई कफी खाँदा निन्द्रा लाग्दैन भन्छन् तर, मलाई कफी खाएपछि मिठो निन्द्रा लाग्छ ।

यो पनि पढ्नुहोस्



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested