चन्द्र प्रकाशलाई राष्ट्रिय नागरिक सेवा सम्मान
लामो समयदेखि निष्ठा र समर्पणका साथ सामाजिक तथा पर्यटनतर्फ सक्रिय रहदैं आएका वरीष्ठ पर्यटन ब्यावसायी चन्द्र प्रकाश श्रेष्ठलाई १५ औं गणतन्त्र दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय नागरिक सेवा सम्मान प्रदान गरिएको छ ।

पर्यटन ब्यावसायी समेत रहेका ६५ बर्षिय श्रेष्ठ भैरहवास्थित नान्स होटलका प्रवन्ध निर्देशक समेत हुन् । सिद्घार्थ होटल संघका अध्यक्ष समेत रहेका श्रेष्ठ नेवा: देय् दबु रुपन्देही जिल्लाका बरिष्ठ उपाध्यक्ष पनि हुन । उनी पूर्व बैंकर पनि हुन । उनी नेपाल राष्ट्र बैंकमा कार्यरत थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न संघसंस्थाहरुको भूमिका’ बिषयमा केन्द्रित रहेर प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । अपाङ्ग, अनाथ र असहाय बालबालिकाहरुका लागि सहयोगार्थ सांस्कृर्तिक समारोहसमेत आयोजना गरिएको जेठ २२ मा भएको उक्त कार्यक्रममा श्रेष्ठलगायत समाजका विविध क्षेत्रमा सक्रिय रहेका तथा योगदान पुरयाएका ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उक्त सम्मान प्रदान गर्नुभएको हो । कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्की लगायतको उपस्थिती रहेको थियो ।







यो पनि…
पदयात्रा पर्यटनमा सकारात्मक संकेत
यसरी जाग्दैछ पर्यटन क्षेत्र