English

असारदेखि आइतबार साप्ताहिक बिदा नहुने



आगामी असार १ गतेदेखि आइतबारको साप्ताहिक बिदा हट्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आइतबार दिइँदै आएको सार्वजनिक विदालाई खारेज गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि जेठ १ गतेबाट लागू हुने गरी शनिबार र आइतबार दुईदिन साप्ताहिक विदा दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा त्यसको असरलाई कम गर्न भन्दै सरकारले दुईदिन साप्ताहिक विदा दिएको थियो । यद्यपि, सरकारको यो निर्णयप्रति विभिन्न क्षेत्रले विरोध जनाउँदै आएका थिए ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णयविरूद्ध आज (सोमबार) नै सर्वोच्च अदालतमा रिट दायर भएको छ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार