English

दुई वर्षपछि हुँदै ‘नाडा अटो शो’



नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण गर्न नसकिएको १५औँ संस्करण ‘नाडा अटो एक्स्पो–२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा नाडा अटो शो गर्न लागिएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औँ संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ । सिमित स्थान भएको र प्रदर्शनीसम्बसन्धि गरिएको सर्वेक्षणमा अत्याधिक माग देखिएकाले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरूमा कमर्सियल भेहिकल नराखिएको र धेरै अवलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्सियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

यो पनि…
नाडाको नयाँ नेतृत्व : गन्तब्यमा पुगोस्, बीच बाटोमै नअलमलियोस्
नाडाको अध्यक्षमा थापा विजयी, चौधरी ६६ मतले पराजित



सम्बन्धित खबरहरु

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा