English

नेदरल्याण्ड्सविरुद्ध नेपालको फराकिलो जित



नेपाल र नेदरल्याण्ड्सबीचको त्रीकोणीय टी २० सीरीज अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । १३७ रनको विजयी लक्ष्य पाएको नेपालले १ विकेट गुमाउँदै १५ ओभरमै लक्ष्य पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२, अर्का ओपनर आशिफ शेखले नट आउट ५३ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए ।

टस जितेर बलिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २२ रन खर्चिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए भने शाहब आलमले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिएका थिए ।

नेपालका लागि डेब्यू खेलेका आशिफले ओपनिङमै अर्धशतक प्रहार गरेका छन् । नेपालले उत्कृष्ट शुरुवात गर्दै ८ ओभरको समाप्तिमा बिना कुनै क्षति ८२ रन बनाएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार