अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।
यो पनि…
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि