English

चन्द्रागिरीमा १० लाख वृक्षारोपण अभियान प्रारम्भ (फोटो फिचर)



विश्व पर्यावरण दिवसको अवसरमा लुम्बिनी विश्व शान्ति मंच तथा थानकोट जेसिजको आयोजनामा आज चन्द्रागिरी नगरपालिका वडा नं ३ मा ‘१० लाख वृक्षारोपण अभियान’ अन्तर्गत वृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ ।

ग्रिन हयाण्डसका अध्यक्ष अर्पणा पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा लुम्बिनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमले स्वागत मन्तब्य दिएका थिए ।

प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मंच र ग्रिन हयाण्डसले आयोजना गर्ने गरेको १० लाख वृक्षारोपण कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

नगर प्रमुख गिरीले आफ्नै गृहनगरमा यस्तो भब्य कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद दिदैं आगामी दिनमा यस्तो रचनात्मक कार्यका लागी चन्द्रागिरी नगरपालिकाले पनि हातेमालो गर्ने बताएका थिए ।

उनले वृक्षारोपण कार्यक्रम स्थल चन्द्रागिरी नगरपालिका वडा नं ३ मा अवस्थित बुद्ध पार्कलाई ब्यवस्थित गर्दै साईकल लेनको निमार्ण गरी हरित बगैचाको अवधारणामा रूपान्तरण गरिने बताएका थिए ।

कार्यक्रममा अतिथिको रूपमा काठमाडौं जेसिजका अध्यक्ष अनुप सुनुवार र नेपाल टेलिकम सेटेलाइट शाखा बलम्बुका प्रवन्धक जगदिश लेखकले पनि मन्तब्य राखेका थिए । लुम्बिनी विश्व शान्ति मंचका महिला संयोजक प्रविना रावलले प्रमुख अतिथि र अतिथीहरूलाई खादा लगाई स्वागत गरेकी थिइन । कार्यक्रमको संचालन लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले गरेका थिए ।

१० लाख वृक्षारोपण कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रमको प्रायोजन नेपाल टेलिकम, लक्ष्मी बैंक, लक्ष्मी केयर (लक्ष्मी बैंकको सामाजिक कार्यक्रम), माछापुछ्रे बैंक , हिमालयन बैंक , बैंक अफ काठमाडौं, सेन्चुरी कमर्सियल बैंक र आरसी कोलाले गरेको थियो भने वृक्षारोपण कार्यक्रमलाई सफल बनाउन नेपाली सेना युद्वकवच गण सितापाईला, काठमाडौं जेसिज, काठमाडौं लेडी जेसिज, इमाडोल जेसिज, लगायत संघ संस्थाहरूको सहयोग र सहभागिता रहेको थियो ।

यो पनि…
डब्लूडब्लूएफ नेपालले मनायो २९ औं वार्षिकोत्सव
लुम्बिनी प्रदेशको प्राथमिकतामा गौरवका आयोजना



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०