English

शुभेच्छाको क्यान्सरमुक्त अनुभव ‘क्यान्सर, खानपान र म’



क्यान्सरमुक्त शुभेच्छा घिमिरेको पुस्तक नेपाली अनुवाद ‘क्यान्सर, खानपान र म’ शुक्रबार राजधानीको एक कार्यक्रमबीच विमोचन भएको छ । क्यान्सरमुक्त बनेपछिको अनुभव समेटिएको उक्त पुस्तकको विमोचन चलचित्र निर्देशक तथा लेखक यादव खरेल, अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेल, जनस्वास्थ्यविद डा. अरुणा उप्रेती, श्वर–सरा घिमिरे प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्की तथा लेखक शुभेच्छा घिमिरेले गरेका थिए ।

सन् २०१६ तिर शुभेच्छा घिमिरेले नुहाउने क्रममा स्तनमा केही फरकपन जस्तो पाइन् । त्यसपछि जाँच गराउँदा दोस्रो स्टेजको स्तन क्यान्सर भइसकेको रहेछ । त्यसबेला उनी ३२ वर्षको थिइन् । ६ वर्षअघिको त्यो क्षण सम्झँदै उनी भन्छिन्, ‘साढे १ वर्ष उपचारमै बित्यो । शारीरिक रुपमा ठीक भए पनि मानसिक रुपमा ठीक हुन २–३ वर्ष नै लाग्यो । ठीक भएपछि यसको बारेमा बोल्नुपर्छ, जनचेतना फैलाउनुपर्छ भन्ने लाग्यो । आफ्नो रोगबारे बताउन र डाक्टरको पहुचँसम्म पुग्न धेरै गाह्रो मान्छन् । सचेतना होस् भन्ने उद्देश्यले पुस्तक लेख्ने आँट गरें ।’

मलाई क्यान्सर हुँदा मभन्दा कम उमेरका महिलाहरु पनि उपचारमा थिए । आफ्नो शरीरको बारेमा, आफ्नो स्तनको बारेमा कुरा गरिँदैन । परिवारमा यस्ता खालका बहस हुन जरुरी छ ।

कार्यक्रममा आफ्नो पुस्तकका बारेमा बोल्दै शुभेच्छाले नेपाली समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर कुरा नगरिने बताइन् । ‘मलाई क्यान्सर हुँदा मभन्दा कम उमेरका महिलाहरु पनि उपचारमा थिए । आफ्नो शरीरको बारेमा, आफ्नो स्तनको बारेमा कुरा गरिँदैन । परिवारमा यस्ता खालका बहस हुन जरुरी छ ,’ उनले भनिन् ।

शुभेच्छा पहिलो पटक क्यान्सर देखिँदा उनी अक्सफोर्ड युनिभर्सिटीमा अध्ययरत थिइन् । क्यान्सर भएपछि पढाइ छुट्यो तर निको भएपछि उनले एमबीए पूरा गरिसकेकी छन् । डाक्टरले बच्चा पाउन सक्दैनौ होला भनेका थिए तर उनी अहिले २१ महिनाकी छोरीकी आमा बनेकी छन् । भन्छिन्, ‘आफन्त तथा श्रीमानको साथ पाएको छु । सकरात्मक सोच्छु । नछुटाइ प्राणायाम तथा व्यायाम गर्छु । घरकै खानेकुरामा जोड दिन्छु।’

यो किताब मृत्यु र जीवनको द्वन्द्वको कथा हो। ठूलो रोगमा सकरात्मक धारणा राखेर बस्ने मान्छे कमै हुन्छन्।

पुस्तकबारे चर्चा गर्दै लेखक तथा निर्देशक यादव खरेलले नेपाली समाजमा भयावह रोगको रुपमा रहेको क्यान्सरबारे जनचेतना दिने यो कृति अमूल्य रहेको बताए । उनले भने, ‘यो किताब मृत्यु र जीवनको द्वन्द्वको कथा हो। ठूलो रोगमा सकरात्मक धारणा राखेर बस्ने मान्छे कमै हुन्छन्।’

पुस्तकका अनुवादक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेलले यो पुस्तकले मृत्यु र जीवन कस्तो देखिने रहेछ भन्ने कुराको बोध गराउने प्रतिक्रिया दिए। ‘आफ्नो जीवनमा आउने हरेक कुरालाई फेस गर्नुपर्ने रहेछ भनेर यो पुस्तकले सिकाउँछ । इच्छाशक्ति हुनुपर्छ भन्ने बताउँछ,’ उनले भने ।

क्यान्सर जितिसकेपछि सन्तान जन्माइन् । नेपालमा धेरै महिलाहरु स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । थुप्रै महिलाहरु उपचारको दायरामा आउन सकेका छैनन् । शुभेच्छा बाँच्ने जीजीविषाले यहाँसम्म आइपुगेकी छन् । उनका श्रीमान जस्तै सबै पुरुषहरु सहयोगी हुनुपर्छ ।

जनस्वास्थ्यविद तथा पुस्तककी अनुवाद सहयोगी डा. अरुणा उप्रेतीले लेखकले आफूले मात्र नयाँ जीवन नपाएको बरु नयाँ मान्छेलाई पनि जीवन दिएको बताइन् । डा. उप्रेतीले भनिन्, ‘क्यान्सर जितिसकेपछि सन्तान जन्माइन् । नेपालमा धेरै महिलाहरु स्तन तथा पाठेघर क्यान्सरबाट पीडित छन् । थुप्रै महिलाहरु उपचारको दायरामा आउन सकेका छैनन् । शुभेच्छा बाँच्ने जीजीविषाले यहाँसम्म आइपुगेकी छन् । उनका श्रीमान जस्तै सबै पुरुषहरु सहयोगी हुनुपर्छ ।’

प्रतिष्ठानकी अध्यक्ष प्रजिता कार्कीले नेपालीमा अनुवाद भएपछि नेपालीभाषी पाठकहरुका लागि पुस्तकको महत्व बढ्ने भन्दै लेखकको क्यान्सरमुक्त बनेको अनुभव र नेपाली भान्सामा प्रयोग हुने मसला, तरकारी, खानपानसँगै जीवनशैलीका असाध्यै गहकिला पक्षहरुलाई उजागर गरेको बताइन् ।

आफ्नै शरीर हो कि होइन भनेर धेरै पछि स्वीकारेँ । कहिलेकाहीँ आफ्नै शरीर हेरेर झसंग जस्तो हुन्छु तर जति समय बित्दै जान्छ सम्झना रहन्छ तर दुःख हराउने रहेछ ।

शुभेच्छाले दाहिने भागको स्तन प्रत्यारोपण गराएकी छन् । छोरी जन्मेपछि स्तनपान गराउँदाको अनुभव र आफ्नो नयाँ स्तन शरीरलाई स्वीकार्न कति समय लागेको थियो भन्नेबारे लेखक शुभेच्छाले बताइन् । लेखक घिमिरे भन्छिन्, ‘आफ्नै शरीर हो कि होइन भनेर धेरै पछि स्वीकारेँ । कहिलेकाहीँ आफ्नै शरीर हेरेर झसंग जस्तो हुन्छु तर जति समय बित्दै जान्छ सम्झना रहन्छ तर दुःख हराउने रहेछ ।’

घिमिरेद्वारा अंग्रेजी भाषामा सन् २०२० मा लेखिएको ‘क्यान्सर, करी एन्ड मी’को नेपाली अनुवाद महेश पौड्यालाले गरेका हुन् भने सम्पादन संयोजन डा. अरुणा उप्रेती र युवराज नयाँघरेले गरेका हुन् । पुस्तकलाई तीन खण्डबाट पढ्न सहज हुन्छ । खण्ड १ मा लेखकले आफ्नो क्यान्सर यात्राको बारेमा लेखिकी छन् भने दोस्रो खण्डमा नेपाली भान्सामा पाइने जडिबुटी र त्यसले आफ्नो स्वास्थ्यमा पारेको प्रभावका बारेमा समेटेकी छन् । त्यसैगरी तेस्रो खण्डमा आफू निको भइसकेपछिको जीवनशैली र सचेतनामूलक कुराहरु समेटेकी छन् ।

यो पनि…
यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षण, कसरी बच्ने ?
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested