अनौठो प्रयोग : जनावरको कोखमा मानिसको भ्रूण !
जापानमा एक स्टेम सेल वैज्ञानिकले एक विशेष किसिमको शोध शुरु गरिरहेका छन् । र त्यहाँको सरकारद्वारा यसका लागि सरकारी सहायता पनि पाउन थालेका छन् । वैज्ञानिक एउटा यस्तो काम गरिरहेका छन्, जसबाट पशुहरुको गर्भमा मानव कोशिकाहरुको विकास हुनसक्नेछ । यस्तोमा अब जनावरले एक किसिमले सरोगेट आमाको जस्तै काम गर्नेछ । जनावरको कोखबाट मानिसको जन्म हुन सक्नेछ ।

विश्वभरमा विज्ञानको माध्यमबाट ठूलो भन्दा ठूलो प्रयोग भइरहेका छन् । यस्तै एउठा ठूलो शोध जापानमा हिरोमित्सू नकोची नामक वैज्ञानिक जनावरमा विशेष शोध गरिरहेका छन् । जापान सरकारले पनि जनावरमा मानव भ्रूण प्रयोग गर्ने अनुमति दिइसकेको छ । हिरोमित्सु आफ्नो टीमसँग मिलेर यो शोध गरिरहेका छन् ।

यो टीमले सबैभन्दा पहिला मुसाको एम्ब्रियोमा मानव कोशिकाहरु विकसित गर्नेछन् । पछि एम्ब्रियोलाई सिरोगेट जनावरको गर्भमा प्रत्यारोपित गर्नेछन् । यसको प्रयोगको महत्व मानिस शिशु बनाउन नभएर यस्तो पशु बनाउनुु हो, जसको शरीरका अंग मानव कोशिकाबाट बनेको होस् । यसबाट आवश्यक परेमा जनावरको अंग मानिसमा प्रत्यारोपण गर्न सकिनेछ ।

तर जापान भन्दा पहिला केही देशले यस्तो प्रोजेक्ट जिन्दगीसँग खेलबाड गरिने भन्दै स्विकृति दिएका थिएनन् । वर्ष २०१५ भन्दा पहिला अमेरिकामा यस किसिमको प्रयास भएको थियो । तर नेशनल इन्स्टीच्युट अफ हेल्थले यसलाई गलत बताउँदै रोक लगायो । तर जापानका वैज्ञानिक यसलाई चुनौति दिँदै जनावरको कोखमा मानिसको जन्मको प्रोजेक्ट शुरु गर्दैछन् ।

जापानको यो प्रोजेक्टका कारण विश्वमा खतरनाक परिणाम पनि आउन सक्नेछ । यदि यो प्रोजेक्ट सफल भएमा चाँडै नै एउटा यस्तो जीव अस्तित्वमा आउनेछ, जो आधा मानिस आधा जनावर हुनेछ । यस्तै खतरालाई मध्यनजर गर्दै केही देशले यो प्रक्रिया रोकेको थियो ।