English

वैज्ञानिक चार्ल्स डार्विनका महत्वपूर्ण भनाइहरू



विश्वप्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको जन्म सन् १८०९ मा इंग्ल्यान्डको सुजवरी भन्ने ठाउँमा भएको थियो । उनले प्राणी विकासका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रूपमा व्याख्या गरेका थिए ।

करोडौँ वर्ष पहिला पृथ्वीमा जन्मेको एक सरल प्राणीबाट सबै जीवजन्तुहरूको विकास भएको पुष्टि गर्ने महान वैज्ञानिक डार्विनको मृत्यु १९ अप्रिल १८८२ मा भएको थियो । यस्ता महान व्यक्तित्वका केही प्रेरणादायी भनाई यस प्रकार छन् ।

१. जुन मानिसले आफ्नो समय खेर फाल्छ, उसले जीवनको मूल्य भेट्टाउन सक्दैन ।
२. अज्ञानताले प्रायः ज्ञानभन्दा बढी आत्मविश्वास उत्पन्न गर्दछ ।
३. जनावरहरूलाई हामी आफ्ना बराबर मान्न चाहँदैनौँ, किनभने हामीले उनीहरूलाई आफ्ना दास बनाएका छौँ ।
४. मित्रता नै एक मात्र उत्तम उपाय हो ।
५. इतिहास हेर्ने हो भने प्रभावकारी हुन र सहकार्य गर्न सिकेका व्यक्ति मात्र विजयी भएका छन् ।
६. शिक्षाले होइन, इच्छाले महान बनाउँछ ।
७. यदि तिमीले हिजोको मात्र साेंचिरहन्छौ भने भोलि परिवर्तन गर्न सक्दैनौ ।
८. हामीले आफ्नो सोंचहरू नियन्त्रणमा राख्नु पर्दछ ।
९. कहिलेकाहिँ नयाँ सत्य वा तथ्यको स्थापना पनि उत्तम हुन्छ ।



सम्बन्धित खबरहरु

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द