English

यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी



तपाइले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन् । यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन् ।

तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जोडी मिलाउने काम गरिरहेको छ ।

अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ ।

डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक डेटिङ साइटबारे विवाद बढेको हो । यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ ।

वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ । केही हदसम्म भारतमा यो लोकप्रिय भएको देखिन्छ ।

जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको भनाइ छ ।

यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन् जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार ८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ ।

यो पनि…
महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल
विवाह मण्डपबाटै दुलहा पक्राउ !



सम्बन्धित खबरहरु

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा