English

अर्को पालीको दानमा नो भोट हुन सक्छ



मतदान दिएको हातको मसि अझै पानीले पखाल्न सकेको छैन । जब पखालिन्छ भोलीको अनुमान आजको हेरेर गर्ने हो भने उहि परम्परा दाहोरिन्छ होला । फेरी, पाँच वर्षमा हातको औंलामा मसि लगाउन लामबद्ध हुने छौं । निरासा होइन, आसा गर्ने ठाउँ नै छैन । आजसम्मको मतदान साह्रै अन्धविश्वासी भएर अघोरी खोज्दै कालो कपडा, तोरीको तेल, एक माना चामल दान दिए जस्तै मतदान भएको छ ।

सिद्ध अघोरी र सकारात्मक परम्परालाई जोड दिनेको समन्वय नभए जस्तै भएको छ मतदान । हाय तौवा मच्चिएको छ परम्पराको मतदानको प्रकृतिमा खेचरी मुद्राको माध्यमबाट इन्द्रजाल गर्नेहरुको । देवता बनाइएकाहरुबाट दान माग्न आउँदा पनि त्यति विधि लछारपाटो लागेन । अपमानको बदलाको लागि न्याय माग्ने व्यक्ति विशेषको प्रवृत्तिले जादुको काम गरेन । जता दहि त्यतै कृष्ण, जता मख्खन त्यतै कृष्ण, जता गोपी त्यतै कृष्णको दर्शनबाट प्रभावित लोक युद्धको सपनाका सौदागरहरुले मजैले मख्खन चाटेका छन् यसपालि ।

परम्पराका खानदानीहरुले साँठगाँठमा राम्रै भ्रम छोड्न सफल भए । सवै परम्परावादीहरुले आ–आफ्ना ढङ्गका साँठगाँठ गरेकै हुन् । म परम्परावादी मेरा पितापुर्खाले सधै दिने गरेको ब्राम्हणलाई नै दान दिने छु भन्ने एउटा ठुलै जमात ज्यूदै छ । उसलाई ब्राह्मण खुशी भएकोमा गर्व लाग्छ । उन्मुक्त भई जिन्दावाद गर्छ । उनीहरुलाई महँगीको मारले, विकृतिको भारले, रन्थनाएको छैन जस्तो नाटक गरी केही बोल्दैनन् । किनकी परम्परा खलवलिन्छ । मूल–मुलत्वबाट पर सरेर लहरे पिपलले घरेकोमा लहरे पिपलको छायाँमा रमाउन पल्केका खानदानी विचारहरु, खानदानीवादहरु, लहरे पिपल देखाएर मूल पिपल यही हो भनेर भ्रम छरेका छन् । यसो सोचे सधै नै यस्तै हो त चुनावको कहाली लाग्दो कथा र व्यथा हरु ।

चुनावले कहिले काहि अभिमानीहरुको अभिमान, आफूलाई केन्द्रविन्दु बनाएर मान सम्मान खोजिरहनेहरुलाई कालो पनि पोति दिदो रहेछ । खराब र गलतहरुको भिन्नता छुट्टाउन कठिन भएको छ । धम्कीको राजनीतिलाई पेशा बनाउनेहरु अस्तीत्वको लागि जो जस संग पनि विलय र गठजोड हुदोरहेछ आँखा आगडी नाचिरहेका छन् दृष्यहरु । नीति, विचार, कार्यक्रममा आर्दश नीष्ठाको आधारमा होइन लाखौं कार्यकर्ताको रगत र पसिनाबाट निर्मित भिमकाय शक्ती आफ्नै बुद्धिले क्षतविक्षत हुदा फाइदा लिनेलाई गजवको फाइदा पनि भएको छ । जनताको सहमति, जनताको मतदानलाई आजसम्म ठूला उद्योगीहरुले आ–आफ्ना उद्योग सम्झेका छन् राजनीति व्यापारका लागि । यो परिदृष्यको साक्षि प्रत्येक आवधिक मतदान भएको थियो र छ ।

कहिलेकाही साना व्यापारिले पनि ठूलोको उछित्तो काट्न सक्छन् विगतमा पनि देखिएकै हो अहिले पनि देखिएकै छ । भिडभाड जम्मा भएको देखेर आफ्नो यथार्थ शक्ती क्याडरलाई अलग–थलग गरेपछि विद्रोह या अन्तरघातको शब्दावलीले बजार पाउदो रहेछ । समूह भित्र, संगठन भित्र, विरोधको स्वरलाई अंध विरोधको स्वरलाई अंध विरोधको नाम दिदा छक्का पञ्जाले दुई चार हिउँद त जाला फेरी भिरबाट लड्ने नै हो । आत्ममंथन छदै छैन । आफ्ना स्वार्थका लागि मात्र मंथन छ । आफै चक्रवर्ति राजा हुनका लागि भूरेटाकुरे सामन्त र राजाहरुको आवश्यक परे झै आफु सर्वशक्तिमान हुन भूरेटाकुरे, शक्तिहरुको आवश्कय परे झै आफु सर्वशक्तिमान हुन भुरेटाउकुरे शक्तिहरुको गठजोड र स्तुतीबाट आजन्म सर्वशक्तिमान भइदैन होला ।

नदि किनाराका झुपडीहरु वनको छेउछाउका सुकुम्वासीहरुका घरघरमा, मध्यमवर्गिय, मजदुरहरु, किशानका घरमा विभिन्न लाल, सेता, पहेँला, हरिया झण्डा फहराइरहेका छन् मतदानको उत्सव मनाउनको लागि । कुनै झण्डाले कहिल्यै हेरेनन् खानालाई अन्न, लाउनलाई लुगा, जिउृनको लागि रोजगार, शिक्षा, सफाई, औषधी उपचार पाएको छ कि छैन भनेर ।

जनताकै करबाट उठेको रकमले ३ दिन भोज भतेर गराइन्छ दलित र सुकुम्वासी वस्तिहरुमा । त्यस्ता वस्तीहरुमा मतदानको अघिल्लो २ दिन र मतदानको दिन गजवको खर्च गर्छन् राजनीतिक व्यापारिहरुले । पाउने त्यति नै हो वाकी जसलाई मत दियो उसैले लुट्ने हो । यो मतदानको उत्सवमा पनि ऐतिहासिक परम्परा कायमै रह्यो एउटा दुईवटा अपवाद वाहेक लगभग सातहजारमा उस्तै उस्तै परम्पराको रितिलाई पुर्नताजगी गरियो । कस्तो दान ? सुपात्रलाई दान दिने मन, तर कुपात्रहरुमध्ये एक छान्नु पर्ने, नो मतदान लेख्ने, अधिकार छैन । दान पनि जर्वजस्ती दिने पर्ने यस–यसलाई दान दिनु भनि फर्मान जारी भै उभिएकाहरुलाई दान दिनै पर्ने कस्तो अभ्यास हो यो ।

कूलो बनाउनु छ वादको कुरो छ, हेल्थ पोष्ट स्थापना गर्नु छ वादको कुरो छ, बाटो बनाउनु छ वादको कुरो छ, रोजगारी सिर्जनाको त कुरै छोडौं, सिद्धान्तका लामा लामा भाष्य तयार छन्, वादभित्र गफाडिको गफको संसारमा । एकजना वृद्ध दानीले पिपलबोट मुनि बसि हामीलाई संझाउदै थिए, गणतन्त्र आयो त के लेर आयो ? राजतन्त्र जादैमा गास, वास, कपास, औषधी रोजगारी आयो त ? राजतन्त्र ले पनि केही दिएको थिएन लुट्ने कार्य वाहेक केही गरेन । दुवै दान लिन आतुरहरु हुन् । एक राजालाई राजतन्त्रमा भेट्न गाह्रो, गणतन्त्रमा थुप्रै राजा छन्, भेट्नलाई अलि सजिलो । चारित्रिक मानसिकमा दुवै त्यत्रो अन्तर छैन । म मतदान गर्न जान्छु । कुपात्रलाई मतदान गर्न मन लाग्दैन । हात लटपटिए छ । दिमागले सोचेन, मत त वदर मतदान गरेर आएछु । कतिले नजानेर पनि गर्लान् । वावै उठे गए ।

रन्थानायो उनका कुरो ले । साठी वर्षको हाराहारीमा पुग्दा वोकेका चिन्तन, वोकेका दर्शन गलत त लागेन तर भारी लाग्न थाल्यो । चिन्तन र दर्शनको भारी जनमतले वोकी दिनु पर्ने, चिन्तन र दर्शनका ठेकेदारले गलत भाष्य निर्माण गर्दा अहो प्रभु गजवको वाणी निस्कियो भनेर जय–जयकार गर्नु पर्ने यो भाष्य तयार भएको छ । मतदान गर्न आगामी दिनमा चिन्तन र वादलाई होइन निष्ठा र इमान्दारीतालाई । त्यस्ता भेटे दान गर्छु नत्र रमिता हेरेर बस्छु । सके दुई चार जनालाई कान फुक्न खोज्छु आफ्नो विचार व्यक्त गर्न ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन