English

जनकपुरका मेयर: पार्टीबाट बदर, मतदाताबाट सदर



‘फोहोरमैला व्यवस्थापनमा विकेन्द्रीकरण’ जनकपुरधाम उप–महानगरपालिकाका नवनिर्वाचित प्रमुख मनोज साहले गरेको पहिलो निर्णय हो यो । जसलाई नगरबासीले स्वागतयोग्य निर्णय भनिरहेका छन् ।

हालै सम्पन्न निर्वाचनमा मनोज यस उपमहानगरमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत भए । १३ हजार ४६५ मतसहित जनताले उनलाई नगरप्रमुखमा चुने । मनोजका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साहले ९ हजार ५३२ मत पाउँदा गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका लाल किशोर साह ५ हजार १ सय ९४ मै सिमित भए ।

नगरप्रमुखमा विजेता बनेका मनोज नेपाली कांग्रेसको तर्फबाट मेयरको दाबेदार थिए । यद्यपि, सत्ता गठबन्धनले तालमेल गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेपछि मनोजले स्वतन्त्र उम्मेदवारी दर्ता गराए । धनुषा कांग्रेसको प्रभावशाली नेताको रुपमा कहलिएका मनोज कांग्रेस नेता बिमलेन्द्र निधि निकट मानिन्छन् । त्यसो त निधिकै आडमा उनले स्वतन्त्र उम्मेदवारी दिएको धेरैको ठम्याई छ । यदि त्यसो हो भने, यो मामलामा निधि सफल भएकै मान्नुपर्छ ।

फोहोरमैला व्यवस्थापनका लागि वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाईका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छु, अब जनकपुरधाममा फोहोर देखिँदैन ।

नगरप्रमुखको पदमा आसिन भएसँगै मनोजको पहिलो नजर फोहोरमैला व्यवस्थापन तर्फ गयो । त्यसो त उनले यस सम्बन्धमा नै पहिलो निर्णय गरे । यसअघि नगरभित्रका २५ वटै वडाको फोहोर उप–महानगरपालिका आफैंले संकलन गथ्र्यो । जसकारण प्रभावकारी ढंगले फाहोर व्यवस्थापन हुन सकेको थिएन । अब फोहोरको संकलन र व्यवस्थापनको जिम्मा वडालाई नै दिएपछि सहज हुने गरी निर्णय गरेको मनोज बताउँछन् । ‘फोहोरमैला व्यवस्थापनका लागि वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाईका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने निर्णय गरेको छु,’ उनले भने, ‘अब जनकपुरधाममा फोहोर देखिँदैन ।’

त्यसैगरी, उपमहानगर प्रमुख मनोजले नगरभित्र हुने सम्पूर्ण विकास निर्माणमा कार्यक्रहरुलाई थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

यो पनि…
‘अब भरतपुर स्मार्ट सिटी बन्ने छ’
‘शंखरापुरमा जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ’



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested