English

सेक्सको समयमा यस कारण हुन्छ योनी सुख्खा



जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको योनी रसाउँदैन । योनीमा रसिलो पदार्थ प्रवाह भएन भने त्यसले यौन सन्तुष्टिमा पनि प्रभाव पार्छ ।

तीव्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुनु स्वाभाविकै हो । सुख्खा भएको बखत दुख्नु पनि अर्को स्वाभाविक पक्ष हो । यो उमेरमा वा बैँसको अवस्थामा हुने सामान्य प्रक्रिया हो । सामान्यतया ४५ वर्षमुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । ४५ वर्षमाथिका महिलामा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ ।

४५ वर्षको उमेरमा पनि पहिलाजस्तै तीव्र यौन इच्छा हुन्छ र योनीमा तरल पदार्थको प्रवाह हुन्छ भनेर सोच्नु गलत हो । यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा रस निस्कँदैन, तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडा महसुस हुन्छ । महिनावारी रोकिने क्रममा हर्मोनको परिवर्तनका कारण पनि योनी रसको उत्पादनमा ह्रास आउँछ ।

बच्चा जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनी सुख्खा हुन्छ । यदि कुनै औषधि सेवन गरिएको छ भने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने तपाईंमा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडाजस्ता कारण यौन चाहना घट्नुमा जिम्मेवार हुन सक्छन् ।

यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा ‘फोर प्ले’को कमीले पनि योनी सुख्खा हुन्छ र दुख्छ । सुख्खा हुँदा योनी चिलाउने, अप्ठ्यारो महसुस हुने, पोल्ने, हल्का रक्तस्राव हुने, छिनछिनमा पिसाब हुने समस्या देखिन्छ । योनीमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुन्छ र मानिसमा त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ ।

योनी चिप्लो बनाइराख्न प्राकृतिक तेल प्रयोग गर्न सक्नुहुन्छ । डाक्टरको सल्लाहअनुसार अन्य जेलहरू पनि उपयुक्त हुन सक्छन् । आफू यौनका लागि इच्छुक भए र नभएको बारेमा श्रीमानसँग खुलेर कुरा गर्नुस् । यौनमा संवादको ठुलो भूमिका हुन्छ ।

यौन इच्छाको कमी र योनी सुख्खा हुने समस्याबारे तपाईं पार्टनरसँग सल्लाह गर्नुहोस् । यो समस्या दम्पतीको हो, यसलाई मिलेरै समाधान गर्नुहोस् । आपसमा प्रेम र विश्वासको वातावरण बढाउनुहोस् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार