English

७४५ पालिकाको मतगणना सम्पन्न



देशका ७५३ पालिकामध्ये ७४५ वटाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकाहरुमध्ये सबैभन्दा बढीको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारी विजयी बनेका छन् ।

कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिका जितेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार कांग्रेसले ३२५, एमालेले २०३, माओवादीले १२१, जसपाले ३०, एकीकृत समाजवादीले २०, लोसपाले १६ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

हाल मतगणना भइरहेका सात वटा पालिकामध्ये ३ वटामा कांग्रेस, २ वटामा एमाले, एउटामा एकीकृत समाजवादी र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा महिलालाई अवसर न्यून



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको