English

सलमानको कार्यक्रमको टिकट विक्री भएन, के उनको क्रेज घटेको हो ?



बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । शनिबार (जेठ १४) दशरथ रंगशालामा हुने भनिएको सांगीतिक कार्यक्रम खान नआउने भएपछि तत्कालका लागि स्थगित गरिएको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सिमान्त गुरुङले जानकारी दिए ।

स्थानीय निर्वाचनका कारण टिकट विक्री वितरणमा प्रभाव, जेठ १५ को बजेट भाषण र वर्षाका कारणतत्कालका लागि कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए । ‘स्थानीय निर्वाचनका कारण लक्ष्यअनुसार टिकट विक्री नभएकाले हामीलाई कार्यक्रम गर्न असुविधा भयो,बजेट बनाउन सरकारी संयन्त्र पनि ब्यस्त हुने भयो’ उनले भने, ‘अब भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गर्नेछौं ।’

कार्यक्रममा खानसहित बलिउडका एकदर्जन भन्दा बढी कलाकार आउने तय भएको थियो । जसमा खानसहित आउने भनिएकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई भारत छाड्न भारतीय अदालतले रोक लगाएपछि उनको सट्टामा प्रजा हेगेड आउने तय भएको थियो ।

एकाएक कार्यक्रम स्थगित भएको खबर बाहिरिएपछि नेपाली कलाकारहरु नै चकित परेका छन् । कारण हो– आयोजक संस्थाले जानकारी नगराउनु ।

साथै, नेपाली कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम थियो । त्यसो त आयोजक संस्था ओडीसीले कलाकारलाई पारिश्रमिक, लाइट, साउण्ड, स्टेज लगायतको खर्चमा करिव ५ करोड रुपैयाँ खर्च गरिसकेको जनाइएको छ । सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम पनि थियो ।

बेखबर कलाकार !

एकाएक कार्यक्रम स्थगित भएको खबर बाहिरिएपछि नेपाली कलाकारहरु नै चकित परेका छन् । कारण हो– आयोजक संस्थाले जानकारी नगराउनु । उक्त कार्यक्रमका लागि गायिका सुनिता दुलाल, गायक शिव परियार, सुशान्त केसी, स्वप्न सुमन, त्रिशला गुरुङ, रोहित शाक्य, शिवानी मोक्तान, सञ्जु मोक्तान, टुन्नबेल थापा, प्रवेशकुमार श्रेष्ठ, समित श्रेष्ठ लगायतका कलाकार अनुबन्ध भएका थिए ।

यद्यपि, अहिलेसम्म आयोजक संस्थाले कार्यक्रम स्थगित भएको बारे आफूलाई जानकारी नगराएको गायिका सुनिता दुलाल बताउँछिन् । ‘मलाई त हिजोसम्म कार्यक्रमको प्रमोसन गर्नुपर्यो भनिएको थियो,’ उनले भनिन्, ‘यसरी एकाएक कार्यक्रम स्थगित भयो भन्ने सुन्दा दुःख लागेको छ,यो विषयमा आयोजक संस्थाले हामीलाई अहिलेसमम केही पनि भनेको छैन ।’

यस्तै, गायक शिव परियारले पनि कार्यक्रम स्थगित भएको बारे सञ्चारमाध्यममा सार्वजनिक समाचार पढेरै थाहा पाएको बताउँछन् । ‘मलाई आयोजक संस्थाले कुनै खबर गरेको छैन,’ उनले भने, ‘सायद खबर गर्दै हुनुहुन्छ होला ।’

आयोजकले कार्यक्रम स्थगित हुनुमा बर्षा र बजेट भाषणलाई पनि आधार बनाएको छ । बर्षाले कार्यक्रम नै स्थगित गर्नुपर्दैन थियो । जेठ १५ मा बजेट आउँछ भन्ने कुरा सर्वविदितै कुरा थियो । खासमा बलिउड नायक खानको नाममा सहजै टिकट विक्री हुन्छ भन्ने जुन अनुमान गरेको थियो,त्यो हुन सकेन ।

त्यसैगरी, गायिका त्रिशला गुरुङ कार्यक्रम स्थगित भएको बारे बेखबर छिन् । ‘मलाई पनि थाहा थिएन भर्खरै थाहा पाएँ,’ उनले भनिन्, ‘त्यही कार्यक्रमका लागि अहिले पनि तयारी गर्दै थिएँ, साह्रै दुःख लाग्यो ।’

टिकटको रकम फिर्ता लैजान आग्रह

नयाँ मितिमा हुने कार्यक्रमका लागि यही टिकटले काम गर्ने आयोजक संस्थाले जनाएको छ । यद्यपि, टिकटलाई निरन्तरता दिन नचाहनेले प्रभू टेक्नोलोजीमार्फत फिर्ता लैजान समेत आग्रह गरेको छ । ‘टिकट निरन्तर गर्न नचाहनेले आफ्नो टिकट लगेर रकम फिर्ता लिनुहुन अनुरोध गर्दछौं,’ आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टिकट फिर्तामा कुनै समस्या आएमा ९८१३१७४८८८ मा सम्पर्क गरी रकम फिर्ता बारे निःशुल्क जानकारी लिन वा केन्द्रीय कार्यालय लाजिम्पाटमा आउन आग्रह गर्दछौं ।’

आयोजकले कार्यक्रम स्थगित हुनुमा बर्षा र बजेट भाषणलाई पनि आधार बनाएको छ । बर्षाले कार्यक्रम नै स्थगित गर्नुपर्दैन थियो । जेठ १५ मा बजेट आउँछ भन्ने कुरा सर्वविदितै कुरा थियो । खासमा बलिउड नायक खानको नाममा सहजै टिकट विक्री हुन्छ भन्ने जुन अनुमान गरेको थियो,त्यो हुन सकेन । आयोजकले पर्याप्त कोशिस गर्दा पनि खर्च उठाउनसम्म पुग्ने टिकट नै विक्रि गर्न सकेन । यस्तो स्थितीमा आयोजकसंग अर्को उपाय पनि थिएन । उपाय एउटै थियो–जबसम्म पर्याप्त टिकट बेच्न सकिदैन तबसम्मका लागि कार्यक्रम नै स्थगित गर्ने ।

यो पनि:
चलचित्र विकास बोर्डमा सम्झनाको सम्भावना
‘केजीएफ ३’ मार्भल युनिभर्सजस्तै बन्ने



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली