English

‘जनताको सुख दुःखको सारथी बन्छु भनेरै राजनीतिमा होमिएको हुँ’



‘गरिबीको रेखामुनी रहेका सर्वसाधारणको जीवनस्तर उकास्न र विकासको मूल फुटाउन फेरि आएको छु,’ यो भनाई बागलुङको ढोरपाटन नगरपालिकाका नवनिर्वाचित प्रमुख देवकुमार नेपालीको हो ।

हालै सम्पन्न स्थानीय निर्वाचनबाट पुनः ढोरपाटन नगरको दैलो छिरेका नेपाली आफूमाथि जनताले पुनः सेवा गर्ने अभिभारा सुम्पिएको बताउँछन् । ‘मलाई राजनीतिबाट कुनै स्वार्थ लिनु छैन,’ उनी भन्छन्, ‘म जनताका लागि नै काम गर्छु र उहाँहरुकै सुख दुःखको सारथी बन्छु भनेरै राजनीतिमा होमिएको व्यक्ति हुँ ।’

५ वर्ष ढोरपाटन नगर हाँकिसकेका नेपाली आफूले जनहितमा थुप्रै काम गरेको सुनाउँछन् । ‘ढोरपाटनबासी जनताको सुख दुःखमा सधैं साथ दिँदै आएँ,’ उनले भने, ‘जनताले जतिबेला जहाँ बोलाए पनि आफ्नो उपस्थिति जनाएँ त्यसैले त जनताले फेरि पनि माया गर्नुभयो ।’

निर्वाचनमा एमाले उम्मेदवार नेपालीले ७ सय ३५ मत प्राप्त गरी विजेता बने । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्याल ५ हजार १ सय ३५ मतका साथ पराजित भए । २०७४ को निर्वाचनमा नेपालीसँग कांग्रेसका अर्जुन शेरचन पराजित भएका थिए ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेपाली अबको ५ वर्षमा ढोरपाटनबासीको मुहारमा थप खुशी ल्याउन चाहन्छन् । ‘समृद्ध ढोरपाटन निर्माणका लागि अझै पनि थुप्रै काम गर्न बाँकी छ,’ उनी भन्छन्, ‘जनताका अधुरा काम पुरा गर्न मैले पुनः अवसर पाएको छु यो कार्यकालमा ढोरपाटनको मुहार फेरेरै छाड्छु ।’

यो पनि :
‘अब भरतपुर स्मार्ट सिटी बन्ने छ’
‘शंखरापुरमा जनताले गुनासो गर्ने दिन गए, अब नगरपालिका सिस्टममा चल्छ’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।