English

चलचित्र विकास बोर्डमा सम्झनाको सम्भावना



सम्झना उप्रेती रौनियारले नगरेको काम के होला ? ४३ बर्षको उमेरसम्म आइपुग्दा सम्झनाले फिल्म निर्माणदेखि निर्देशनसम्म, इभेन्ट म्यानेजरदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेकी छन् ।

पद्‍मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरकी यी विद्यार्थीले पढाइमा जस्तै कला क्षेत्रमा जति काम गरिन्, उम्दा गरिन् । त्रिभुवन विश्वविद्यालय कलेज अफ फिल्म स्टडिजबाट स्नातक समेत गरिसकेकी सम्झनाले नेपालमामात्र होइन भारतको मुम्बइमा दुई बर्ष रहँदा केहि हिन्दी चलचित्रमा सहायक निर्देशक र भारतीय टेलिभिजनमा समेत काम गरेर ख्याती बटुिलन । चर्चित बालाजी टेलिफिल्ममा समेत काम गरेको अनुभव छ, सम्झनासँग ।

झण्डै दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय सम्झना ‘मेघा’ र ‘फागु’ चलचित्रकी निर्देशन हुन् । उनी निर्देशित नेपाली फिल्म ‘मेघा’ लन्डन एसियन चलचित्र महोत्सव २०१६ मा छानिएको थियो ।

धेरै चलचित्र महोत्सवहरुमा सक्रियता पूर्वक भाग लिनुका साथै फ्रेन्च चलचित्र महोत्सव आयोजनामा पनि सम्झनाको भूमिका यादगार मानिन्छ ।

तर, सम्झनाले फिल्मी क्षेत्रमा आफ्नो रचनात्मकता जति देखाएकी छिन्, नेपाली राजनीतिमा पनि उनको सक्रियता उत्तिकै लोभलाग्दो छ ।

सरकाले बोर्डको नेतृत्व गर्ने अवसर मलाई दिएको खण्डमा फिल्मक्षेत्रबाट मैले प्राप्त गरेको अनुभव पक्कै पनि नेपाली फिल्म जगतका लागि उपयोगी हुनेछ ।

पद्मकन्या कलेज, काठमाडौंमा अध्ययनरत रहँदादेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध भएर राजनीतिको मैदानमा होमिएकी थिइन्,सम्झना । जुझारु स्वभावकी सम्झनाको त्यसबेला सोही क्याम्पसमा अखिलकी नेत्री रामकुमारी झाँक्रीसँग हात हालाहाल समेत भएको थियो । तर, यी कलेज दिनको राजनीतिको कुरा थियो । अहिले सम्झना र रामकुमारी असल साथी बनेका छन् । सम्झना नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् भने रामकुमारी नेपाल एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।

२९ बर्षअघि नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी सम्झनाले २०७८ मा भएको कांग्रेस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा राम्रो मत ल्याएर निर्वाचित भएकी थिइन् ।

राजनीतिमा निरन्तरको सक्रियता र नेपाल र मुम्बईबाट प्राप्त गरेको फिल्मी क्षेत्रको ज्ञान उनी राष्ट्रलाई समर्पण गर्न चाहन्छिन् । उनले चलचित्र विकास बोर्ड,नेपालको नेतृत्व लिएर नेपाली फिल्म क्षेत्रलाई फड्को मार्ने तहमा पुर्याउन चाहन्छिन् । भन्छिन्, ‘सरकारले बोर्डको नेतृत्व गर्ने अवसर दिएको खण्डमा फिल्मक्षेत्रबाट मैले प्राप्त गरेको अनुभव पक्कै पनि नेपाली फिल्म जगतका लागि उपयोगी हुनेछ ।’

यदि म विकास बोर्डको अध्यक्ष भएँ भने सबैभन्दा पहिला चलचित्रलाई सहजै हलसम्म पुग्ने व्यवस्था मिलाउनेछु जसले चलचित्र क्षेत्र चलायमान हुन मद्धत पुग्छ ।

२२ वर्षदेखि चलचित्र क्षेत्रबाट हासिल गरेको अनुभवलाई संस्थागत गरी नेपाली सिने क्षेत्रको प्रवर्द्धन गर्ने आफ्नो सपना रहेको रौनियार सुनाउँछिन् । ‘एउटा चलचित्र निर्माताले चलचित्र निर्माण गरी हलसम्म पुर्याउनका लागि के–कस्ता समस्या झेल्छ भन्ने कुराको म भुक्तभोगी हुँ,’ उनी भन्दै थिइन्, ‘यदि म विकास बोर्डको अध्यक्ष भएँ भने सबैभन्दा पहिला चलचित्रलाई सहजै हलसम्म पुग्ने व्यवस्था मिलाउनेछु जसले चलचित्र क्षेत्र चलायमान हुन मद्धत पुग्छ ।’

सरकारले यसै महिनाभित्र बोर्डमा नयाँ नेतृत्व ल्याउने तयारी गरिरहेको छ । बोर्डको नेतृत्वमा उनको फिल्म क्षेत्रको अनुभव, शिक्षा र बोर्डले महिला नेतृत्व पाउने भएकोले उनको सम्भावना पनि छ ।

यो पनि…
नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?
गुदी नभेटिएपछि नेपाली फिल्मबाट टाढिदैछन् दर्शक



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested