English

जो वडाध्यक्षबाट प्रमुख उपप्रमुख बने



९ वैशाखअघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा थिए । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उनले ९ वैशाखमा पदबाट राजीनामा दिए । गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उनी एमालेकातर्फबाट अध्यक्षमा निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गरेका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो ।

पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गरे । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गरे । फलतः उनी यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल भएका छन् । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उनी पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बनेका छन् । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्म अनुसार वडालाई शक्तिशाली बनाउने उनको योजना छ ।

वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।

‘सिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्याउने प्रयास गर्नेछु । श्रोत साधन वितरण गरेर वडालाई अधिकार सम्पन्न बनाउने छु,’ राईले भने, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिएका छन् । राउत लगायतका जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण–पत्र लिएका छन् । दुर्छिमदेखि हलेसीसम्म विजय र्याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उनले आफ्नो भूमिकालाई फराकिला बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँछन् ।

रमेश राउत

यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका–४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी)कातर्फबाट उनी गाउँपालिकाका उपाध्यक्ष चुनिएका छन् ।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिए । कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त भएनन् तर गठबन्धनका उम्मेदवार हराउन उनको मत पर्याप्त भए । त्यसको फाइदा एमालेका गिरेन्द्रबहादुर राईले उठाए । तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित भए । तामाङले १००७ मत पाएका छन् । गिरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाएका छन् ।

यो पनि…
‘अब धनगढीले कसैको कार्यकर्ता पाल्नुपर्दैन, न्यायपूर्ण विकास हुन्छ’
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।