जहाँ वर्षेनी हजारौँ पंक्षी आत्महत्या गर्न आउँछन् !
संसार अनौठो रहस्यले भरिएको छ । यी अनौठा रहस्य कहाँ के छन् त्यो सबै हामीलाई थाहा छैन । यस्तै एउटा अनौठो स्थान भारतमा पनि रहेको छ । जहाँ हरेक वर्ष हजारौँको संख्यामा पंक्षीहरु आत्महत्याका लागि जान्छन् ।

यो ठाउँ भारतको पूर्वोत्तरको सबैभन्दा ठूलो जिल्ला असममा रहेको । असमको दिमा हासो जिल्लाको पहाडीमा स्थित जतिंघा घाटीमा पंक्षीहरुले वर्षेनी आत्महत्या गर्दछन् । हरेक वर्षको सेप्टेम्बरमा त्यहाँ पंक्षी आत्महत्याका लागि जाने गरेका छन् ।

आत्महत्या गर्ने प्रवृति मानिसमा आम हो, तर पंक्षीमा अनौठो रहेको छ । त्यहाँ पंक्षीहरु उड्दा रुखसँग ठोक्किन्छन् र मर्छन् । यस्तो एक,दुईवटा मात्रै होइन हजारौँ पंक्षीहरु गर्दछन् । यो घटना साँझ सातबजेदेखि १० बजेको बीचमा हुन्छ ।

यसमा ४० स्थानीय र प्रवासी पंक्षीहरु सामेल छन् । राती तीव्र गतिमा हावा बहनाले पंक्षी यत्रतत्र दौडन्छन् । त्यसैले पंक्षीहरु रुखमा ठोक्किएर मर्छन् । यो सिलसिला १९१० देखि भइरहेको छ । तर बाहिर यसको कुरा १९५७ मा मात्रै थाहा भयो ।


