English

‘हामीले राजनीतिलाई जनताको सेवामा परिणत गर्यौं, जनताले हामीलाई विश्वास गर्नुभयो’



भक्तपुर नगरपालिका । मानौं यो बेग्लै राज्य हो । किन ? किनकी केन्द्रीय सरकारले नदेखेको जनताका सपना यो नगरपालिकाले देख्छ अनि पुरा गर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, सम्पदा संरक्षण लगायत विविध क्षेत्रमा यो नगरपालिकाले गरेको काम उदाहरणीय छ ।

यिनै जनमुखी सेवाका कारण यो नगरपालिकामा मुलधारका राजनीतिक दलले हरेक निर्वाचनमा पराजय भोग्छन् । यसपाली पनि त्यस्तै भयो । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) को तर्फबाट मेयरको उम्मेदवार बनेका सुनिल प्रजापतिले झण्डै ३० हजार मत प्राप्त गर्दा नेपाली कांग्रेस, नेकपा एमालेका उम्मेदवारलाई तीन हजार मत कटाउन पनि हम्मे–हम्मे पर्यो । गणित यहीँ टुङ्गिदैन, २०७४ को स्थानीय निर्वाचनमा प्राप्त गरेको मतभन्दा पनि ५० प्रतिशत मत कम ल्याएर कांग्रेस–एमालेका उम्मेदवारले पराजय व्यहोरे ।

यसपटकको स्थानीय निर्वाचनबाट नेमकिपाका प्रजापति २९ हजार २ सय मत प्राप्त गरी पुनः नगरप्रमुखमा विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुला ३ हजार ३ सय ५२ मतमै सिमित भए । जबकी उनले २०७४ को निर्वाचनमै ६ हजार ५ सय ६० मत प्राप्त गरेका थिए । त्यस्तै, नेकपा एमालेका उम्मेदवार रविन्द्र लाछिमस्यू त झन् २ हजार ८ सय ३७ मै खुम्चिए । जहाँ ०७४ को चुनावमा एमालेका उम्मेदवार विष्णुप्रसाद सुवालले ४ हजार २ सय १८ मत ल्याएका थिए ।

अर्को रोचक कुरा यो नगरपालिकाको हरेक निर्वाचनमा १० वटै वडाका अध्यक्षदेखि सदस्यसम्म नेमकिपाकै उम्मेदवार विजयी भए । उपप्रमुखमा पनि भारी मतका साथ नेमकिपाकै रजनी जोशी निर्वाचित भएकी छिन् । यी र यस्तै कारणले गर्दा भक्तपुर नगर नेमकिपाको पकड क्षेत्र बन्न पुग्यो ।

‘राजनीति गरेर सांसद बन्ने भन्दा पनि पैसाको आडमा सांसद बन्नेहरुको संख्या धेरै छ, अपराधीलाई राजनीतिको खोल ओडाइएको छ, गुण्डा नाइके सांसद मन्त्री छन्, कोही सांसद जेलमा छन् अनि कसरी जनताले विश्वास गर्छन् त !

तर, भक्तपुरका मतदातामा नेमकिपाप्रति आशा र विश्वास यति धेरै किन ? नवनिर्वाचित नगर प्रमुख प्रजापति भन्छन्, ‘राजनीतिलाई जनताको सेवामा परिणत गर्यौं, जनताले हामीलाई विश्वास गर्नुभयो ।’ पछिल्लो समय थुप्रै राजनीतिक दलका नेताहरुले राजनीतिलाई जनताको सेवा नभएर व्यापार बनाएकाले उनीहरुलाई अस्तित्व जोगाउन गाह्रो भएको उनको ठम्याइ छ । ‘राजनीति गरेर सांसद बन्ने भन्दा पनि पैसाको आडमा सांसद बन्नेहरुको संख्या धेरै छ,’ उनी गम्भिर सुनिए, ‘अपराधीलाई राजनीतिको खोल ओडाइएको छ, गुण्डा नाइके सांसद मन्त्री छन्, कोही सांसद जेलमा छन् अनि कसरी जनताले विश्वास गर्छन् त !’

यी विकृतिका बाबजुद पनि भक्तपुर नगरभित्र काम गरी खाने वर्गका लागि काम गरेकाले प्रत्येक निर्वाचनमा मतदाताले आफ्नो पार्टीलाई गुन तिर्ने गरेको प्रजापति बताउँछन् ।

पछिल्ला पाँच वर्षमा के–के भए ?

भक्तपुर नगरभित्रका सम्पदा पुनः निर्माणका काममा उल्लेख्य सफलता हासिल गरेको प्रमुख प्रजापतिको दाबी छ । ‘हामीले भूकम्पबाट क्षती भएका १ सय २४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न गरेका छौं,’ उनले भने ।

यसैगरी, शिक्षाको क्षेत्रमा पनि भक्तपुरले प्रशंसनीय काम गरेको छ । जस्तो कि वार्षिक तीन करोड बराबरको शैक्षिक छात्रवृत्ति, पाँच लाखको दरले तीन सय १४ जना विद्यार्थीलाई शैक्षिक ऋण, राजनीतिशास्त्र, इतिहास, भूगोल, संस्कृति, नेपाल भाषामा अध्ययन गर्न चाहनेलाई पूर्ण छात्रवृत्तिको व्यवस्था जस्ता कुराहरु भक्तपुरबासीका लागि स्मरणयोग्य काम हुन् ।

जनता स्वस्थ भए भनेमात्र नगर समृद्ध हुन्छ अनि देश विकासको गतिमा अघि बढ्छ भन्ने हाम्रोे मान्यता छ, त्यसैलाई मध्यनजर गर्दै हामीले २३ स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याएका छौं ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा घरदैलो नर्सिङ, ख्वप अस्पताल सञ्चालन, वडा वडामा चिकित्सकसहितको स्वास्थ्य चौकी, दम,खोकीको बिरामीका लागि उपचार गर्ने श्वासप्रश्वास पुर्नस्थापन केन्द्र, आँखा उपचार केन्द्र, आयुर्वेदिक स्वास्थ्य केन्द्रको स्थापनाले नगरबासी स्वास्थ्यको पहुँचमा रहेको प्रजापति बताउँछन् । ‘जनता स्वस्थ भए भनेमात्र नगर समृद्ध हुन्छ अनि देश विकासको गतिमा अघि बढ्छ भन्ने हाम्रोे मान्यता छ,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले २३ स्थानमा खुला व्यायामशाला सञ्चालनमा ल्याएका छौं ।’

त्यसैगरी नगरपालिकाले खेलकुदको क्षेत्रमा ठूलो फड्को मारेको छ । नगरपालिकाले नै हरेक विद्यालयमा पूर्णकालिन खेलकुद प्रशिक्षकको व्यवस्था गरेको प्रजापति बताउँछन् । ‘भलिबल, फुटबल, बक्सिङ, टेबलटेनिस, जिम्न्यास्टिक, कराँते जस्ता खेलको नियमित प्रशिक्षण दिएका छौं,’ उनले भने ।

बाँकी रहेका अधुरा काम थुप्रै छन् सर्वप्रथम त्यसलाई पूर्णता दिनेछु भने हाल दिइरहेको सेवालाई थप गुणस्तरीय बनाउँदै लैजानेछु, अहिले नगरबासीका लागि ठूलो समस्या भनेको खानेपानीको हो त्यसको व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्नेछु ।

प्रजापतिका अबका प्राथमिकता

पुनः नगरप्रमुखको रुपमा नगरपालिका प्रवेश गरेका प्रजापति अघिल्लो कार्यकालमा अपुरा रहेका कामलाई पूर्णता दिनेतर्फ कदम चाल्ने बताउँछन् । ‘बाँकी रहेका अधुरा काम थुप्रै छन् सर्वप्रथम त्यसलाई पूर्णता दिनेछु भने हाल दिइरहेको सेवालाई थप गुणस्तरीय बनाउँदै लैजानेछु,’ उनी आफ्नो योजना भन्दै थिए, ‘अहिले नगरबासीका लागि ठूलो समस्या भनेको खानेपानीको हो त्यसको व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्नेछु ।’

साथै, नक्सा पासलाई अनलाइन प्रणालीमा लैजाने र युवायुवतीलाई सीपमुलक तालिमको व्यवस्था गर्ने उनको भावी योजनामा छन् ।

प्रजापतिको राजनीतिक यात्रा

प्रजापतिको राजनीतिक यात्रा २०३६ को विद्यार्थी आन्दोलनबाट सुरु हुन्छ । अध्यापक तथा अधिवक्ताको रुपमा समेत लामो समय काम गरेका प्रजापतिले २०४० मा नेमकिपाको सदस्यता लिएका हुन् ।

यो सँगै सक्रिय राजनीतिमा होमिएका प्रजापति २०४३ मा भक्तपुर वडा नम्बर २ बाट निर्विरोध वडाध्यक्षको रुपमा निर्वाचित भए । २०४४ मा भएको भक्तपुरको कर्णप्रसाद होजुु काण्डमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँगै २० महिना ज्यान मुद्धामा जेल परेका प्रजातन्त्राको पुनस्थापना भएसँगै २०४७ वैशाख ६ गते रिहा भए ।

त्यसपछि २०४९ को स्थानीय निर्वाचनमा वडा नम्बर २ बाट पुनःवडाध्यक्षमा निर्वाचित भएका उनी २०५६ मा नेमकिपाको तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ बाट सांसदको उम्मेदवार बने । यद्यपि, नेपाली कांग्रेसका लेखनाथ न्यौपानेसँग पराजित भए ।

२०५९/०६० मा राजा ज्ञानेन्द्रको प्रतिगमन विरुद्धको आन्दोलनमा सक्रिय रुपमा लागेका प्रजापतिले केन्द्रीय आन्दोलन परिचालन समितिमा रहेर समेत काम गरेका थिए । त्यसैगरी २०६३ को अन्तरिम संविधान निर्माण समितिमा सदस्यका साथै मनोनित सांसदसमेत बनेका प्रजापति २०६४ मा भएको संविधान सभा सदस्यको निर्वाचनमा भक्तपुर क्षत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।

त्यस्तै, २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा पुनः भक्तपुर क्षेत्र नम्बर २ बाटै उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भए । त्यसपछि २०७४ को स्थानीय निर्वाचनमा भक्तपुरको नगर प्रमुखमा विजय प्राप्त गरेका प्रजापति हालै सम्पन्न निर्वाचनबाट पुन नगरप्रमुखमा चुनिएका छन् ।

यो पनि…
‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।