English

गण्डकी प्रदेश : २१ प्रमुख र ७ उपप्रमुख दोहोरिदा पराजित



गण्डकी प्रदेशका २१ पालिकामा दोहोरिन खोज्ने जनप्रतिनिधि पराजित भएका छन् । ८५ मध्ये ४२ पालिकामा प्रमुखले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका थिए भने १९ जना उपप्रमुखले दोहोर्याएर मनोनयन दिएका थिए । बाँकी २० जनाले प्रमुखमा चुनाव जितेका छन् भने एकजनाको मतगणना भइरहेको छ ।

गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, पालुङटारका मेयर दिपकबाबु कँडेल, चुमनुब्रीका अध्यक्ष धनबहादुर गुरुङ, धार्चेका अध्यक्ष सन्तबहादुर गुरुङ पराजित भए । लमजुङको राइनास नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका सिहंबहादुर थापा पराजित भए ।

कास्कीको अन्नपूर्णका अध्यक्ष युवराज कुँवर हारेका छन् । उता स्याङजाको पुतलीबजार नगरपालिका मेयर सीमा क्षेत्री र वालिङ नगरपालिका प्रमुख दीलिपप्रताप खाँडले पनि चुनाव जित्न सकेनन् । पर्वत फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले चुनाव जितेनन् ।

बागलुङ नगरपालिका मेयर जनक पौडेल हारे भने ताराखोलाका अध्यक्ष प्रकाश घर्ती स्वतन्त्र उठेर चुनाव हारेका छन् । उनले पार्टीबाट टिकट मागेका थिए । तर, पार्टीले नदिएपछि उनी बागी उठेका हुन् । त्यहाँ माओवादीकै उम्मेद्वारले चुनाव जितेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्षमा थमसरा पुन पराजित भइन् भने मालिका गाउँपालिकामा श्रीप्रसाद रोका हारेका छन् ।

तनहुँको म्याग्देमा माया राना, देवघाटमा दुर्गबहादुर थापा, आँबुखैरेनीमा गीरबहादुर थापा तथा बन्दीपुरको अध्यक्षमा पूर्णसिंह थापा पराजित भए । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा डम्बरबहादुर जिसी पराजित हुँदा गैंडाकोटमा छत्रराज पौडेल पनि हारेका छन् । यस्तै, बुलिङटार गाउँपालिका अध्यक्षमा शशिकुमार बस्ताकोटी दोस्रो पटक उठ्दा पराजित भए ।

२० जनाले दोस्रो कार्यकालका लागि पनि प्रमुखमा चुनाव जितेका छन् । लमजुङको मर्स्याङ्दीका अध्यक्ष अर्जुन गुरुङ, बेंशिसहरका मेयर गुमानसिंह अर्याल र मध्येनेपालका मेयर रमेशबाबु पाण्डे विजयी भएका छन् । गोरखाबाट शहिद लखनको अध्यक्षमा रमेशबाबु थापा र बारपाक सुलिकोटको अध्यक्षमा दोहोरिएका विष्णु भट्ट भने दोस्रो पटक पनि निर्वाचित भएका छन् । मनाङको चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले तथा मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले दोहोर्‍याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझाले दोहोर्‍याएर जिते । स्याङजाको हरिनास अध्यक्षमा खीमनारायण मानन्धर दोहोरिए भने कालिगण्डकी अध्यक्षमा खीम थापा र फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी दोहोरिएका छन् । पर्वत कुश्माका मेयर रामचन्द्र जोशी दोहोरिए ।

बागलुङको तमानखोलामा जोकलाल बुढा र ढोरपाटनमा देवकुमार नेपालीले पुनः चुनाव जितेका छन् । गलकोटका मेयर भरत शर्मा गैह्रेलाई दोहोर्‍याएकोमा उनी निर्वाचित भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्षमा भवबहादुर भण्डारीले दोस्रो पटक पनि बाजी मारे भने मंगलामा सतप्रसाद रोकाले चुनाव जितेका छन् । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट (राजु) पुनः निर्वाचित भए । तनहुँको ऋषिङमा राजेन्द्र कृष्ण श्रेष्ठ दोस्रो पटक निर्वाचित भए । नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा लक्ष्मीदेवी पाण्डे विजयी भएकी छिन् ।

कांग्रेसले २६ जनालाई दोहोर्‍याएको थियो भने एक जनालाई उपाध्यक्षबाट अध्यक्षमा बढोत्तरी गरेर उठाएको थियो । थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचनलाई अध्यक्ष उठाए पनि उनी पराजित भएकी छिन् । अर्जुनचौपारीकी बहालवाला उपाध्यक्ष चिनमाया गुरुङलाई पनि एमालेले अध्यक्षमा उठाइएकोमा उनी पराजित भएकी छिन् ।

दोहोर्याएर उम्मेदवारी दिएका १९ उपप्रमुख

गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए । भइरहेको पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन् । १२ जना भने विजयी भएका छन् ।

गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन् ।

यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन् । तर, गोरखाकै धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ पराजित भइन् । यता, तनहुँको बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ पनि पराजित भएकी छिन् ।

ऋषिङकी उपाध्यक्ष गीनुमाया थापा, म्याग्देका बालकृष्ण घिमिरे र भीमादका उपमेयर सारदा खनाल भने विजयी भइन् । कास्कीको रुपा गाउँपालिकामा उपाध्यक्ष लालसुब्बा गुरुङ पुनः निर्वाचित भएकी छिन् भने पोखरा महानगरमा दोहोर्याउन खोजेकी मन्जुदेवी गुरुङको गणना सकिएको छैन । स्याङजामा कालिगण्डकीको उपाध्यक्ष सावित्रा कोइराला दोश्रो पटक निर्वाचित हुँदा पुतलीबजारका महेश पुरी र गल्याङकी देवीसरा थापा पराजीत भइन् ।

दोहोर्याएर मनोनयन दर्ता गरेकी नवलपुरकी एकमात्र उपमेयर देवचुली नगरपालिकामा दोश्रो पटक पनि विजयी भएकी छिन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ढिकी गुरुङ पुनः निर्वाचित भएकी छिन् ।

बागलुङ ढोरपाटनकी उपमेयर करमती पुन र पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारी पराजित भएका छन् । यस्तै, उपाध्यक्षबाट अध्यक्षमा बढुवा हुन खोजेका दुईजना पनि पराजित भए । कांग्रेसबाट मुस्ताङको थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन र एमालेबाट स्याङजाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ अध्यक्षमा पराजित भएका हुन् ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा : कुन दलका कतिले जिते ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।