English

टिकट वितरणमा कमजोरीका कारण आफ्नो पार्टीलाई जिताउन असफल



बैतडी जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिका यसअघि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । यो नगरपालिका वर्तमान कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्व सभापति तथा पूर्व मन्त्री नरबहादुर चन्द, विनयध्वज चन्द, नरेन्द्रसिंह थापा, शिवराज भट्ट लगायत केही दिग्गज नेताहरुको नगरपालिका हो ।

नगरपालिकामा २०७४ मासमेत कांग्रेसले चुनाव जित्दै पूर्ण बहुमत ल्याएको थियो । तर, अहिले भने कांग्रेस उपमेयर र ४ वडामा सीमित छ । अहिले दशरथचन्द नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेले नगर प्रमुखसहित ७ वडा जितेको छ ।

यसैगरी जिल्लाको दोश्रो सहर (मध्यपहाडी लोक मार्गको नमुना सहर) समेत रहेको पाटन नगरपालिका नेकपा एमाले बाट निर्वाचित प्रतिनिधि सभा सांसद, पूर्व मन्त्री तथा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीको नगरपालिका हो । यस नगरपालिकामा एमाले हारेको छ । सत्ता साझेदार गठबन्धनले यस नगरपालिकामा ६ वडासहित मेयर र उपमेयरमा विजय हासिल गर्दा एमाले ४ वडामा सीमित छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पुरनसिंह दयालको नगरपालिका मेलौलीमा एमाले पराजित भएको छ । यहाँ नेकपा माओवादी केन्द्रले प्रमुख पदमा विजय हासिल गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्र कुवर (विजय सुन्दर) ले यसअघि २०७४ को निर्वाचनमा जित हासिल गरेको पुर्चौडी नगरपालिका यसपालि गुमाएको छ । पुर्चौडीमा नेपाली कांग्रेसले मेयर, उपमेयरसहित स्पष्ट बहुमत ल्याएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका एमाले अध्यक्ष सुरेन्द्र पालको पालिका हो । तर, यहाँ एमालेमै रहेका युवाहरुले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएरै विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय युवा संघका तत्कालिन प्रदेश अध्यक्ष सन्तोश जोशी विजयी भएका छन् भने, यज्ञ भट्ट, प्रकाश मणि भट्ट लगायतका युवाहरु वडामा निर्वाचित भएका छन् । यसअघि २०७४ मा अध्यक्ष,उपाध्यक्षसहित बहुमत वडा जितेको एमाले २ वडामा सीमित भएको छ भने उपाध्यक्षसहित २ वडा नेपाली कांग्रेसले जितेको छ ।

यसैगरी नेकपा (एकिकृत समाजवादी) का जिल्ला इन्चार्ज परमानन्द भट्ट र माओवादी नेता तथा प्रदेश सांसद प्रेम प्रकास भट्ट (आदित्य) को सुर्नया गाउँपालिकामा समाजवादी पराजित भएको छ । यस पालिकामा यी दुवै दलले गठबन्धनसमेत गरेका थिए । तर, अध्यक्ष र ३ वडा एमाले–राप्रपा गठबन्धनले जित्दा ४ वडामा कांग्रेस र १ वडामा माओवादीले जित हासिल गरेको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष महादेव भट्टको दशरथचन्द नगरपालिकामा पार्टीको अवस्था नाजुक देखिएको छ । यो नगरपालिका पूर्व प्रदेशमन्त्री समेत रहेकी एकिकृत समाजवादी नेतृ माया भट्टको नगरपालिका समेत हो । एकिकृत समाजवादीले जिल्लाका एउटै वडामा समेत विजय हासिल गरेको छैन् ।

तर, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बैतडी जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा भने नेकपा एमालेले स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ । ८ वडा रहेको यस पालिकामा ६ वडासहित अध्यक्ष,उपाध्यक्ष एमालेले जितेको छ । जिल्ला उपसभापति खगेन्द्र धामीको सिगास गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।

पञ्चेश्वरमा एमालेका प्रमुख नेता गोरख बहादुर चन्द रहेकोमा त्यहाँ एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको छ । शिवनाथमा कांग्रेस प्रदेश सदस्य तेज बहादुर चन्द तथा युवा नेता कर्ण साउदको पालिकामा कर्ण साउद स्वयंम अध्यक्ष बनेका छन् । माओवादी केन्द्रका प्रमुख नेता आफै रहेको मेलौलीमा भिम बहादुर चन्दले मेयरमा विजय हासिल गरेका छन् ।

पाटनमा कांग्रेस–माओवादी गठबन्धनको विजय भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजकको पाटनमा युवा नेता कमल बोहरा नगर उपप्रमुखमा विजय हुदाँ वडा न १, ८ र ९ मासमेत माओवादीले विजय हासिल गरेको छ । बैतडीमा टिकट वितरणमा कमजोरी भएका कारणले ठूला नेता आफ्नो पार्टीलाई जिताउन असफल भएको चर्चा सुनिन्छ ।

केही पालिकामा भने पार्टीको संगठन कमजोर र आफ्नै भनिएका मतदातालाई जोगाउन नसक्दा हार व्यहोरेको प्रष्ट देखिन्छ । तर, पार्टी नेताहरुले भने आफू निकटका व्यक्तिलाई टिकट दिएकाले हारेको स्वीकार गर्दैनन् । जिल्लाका ४ पालिकामा एमाले, ४ मा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले प्रमुख पदमा विजय हासिल गरेका छन् ।

यो पनि…
स्थानीय तहको नेतृत्वमा अधिकांश युवा
स्थानीय तह निर्वाचनमा : कुन दलका कतिले जिते ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।