English

सन्तुलित सम्भोग कालागि ग्याप हुन जरुरी



धेरै अनुसन्धानले बताएअनुसार सेक्स त्यो व्यक्तिसँग आनन्ददायक हुन्छ, जोसँग आफ्नो भावना पनि मिल्छ । पार्टनर तनावमा भएका बखतमा सेक्स सम्बन्ध राख्नु अनुचित मानिन्छ । अन्यथा, त्यसले नोक्सान गर्न सक्छ । हालै आएको एउटा अनुसन्धानले त झन् सेक्स सम्बन्धमा ग्याप हुन जरुरी ठानेको छ ।

दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने अनुसन्धानले देखाएको हो । किन त्यस्तो ग्याप जरुरी भएको होला त रु यहाँ त्यसको कारण उल्लेख गरिएको छ ।

हर्मोन सन्तुलित

विवाहपश्चात् महिलाको हर्मोनमा परिवर्तन भइरहन्छ । यो परिवर्तन सेक्सुअल सम्बन्धका कारण हुन्छ । यही कारणले शरीरमा कुनै समस्या नआओस् भन्ने चाहने हो भने सेक्समा ग्याप राख्नुपर्दछ ।

दिक्क नहुन

मानिसको स्वभाव नै हो कि ऊ एउटै चीज दोहोरिइरहँदा दिक्क हुन्छ । यसैले आफ्नो सम्बन्ध रोमाञ्चक बनाउन चाहने हो भने पनि केही दिनको ग्यापमा सेक्स सम्बन्ध राख्नुपर्छ ।

उक्त ग्यापमा आफ्नो पार्टनरप्रति माया र निकटता महसुस भएपछि पुन सेक्स सम्बन्ध राख्नुपर्छ ।

सेक्सुअल इन्फेक्सनबाट जोगिन

कतिपय समयमा मानिसलाई यौनजन्य सङ्क्रमण एसटीडी (सेक्सुअल ट्रान्समिटेड डिजिज) अथवा एसटीआई (सेक्सुअल ट्रान्समिटिड इन्फेक्सन) हुने गर्छ ।

त्यस बेलामा सेक्स सम्बन्ध राख्न हुँदैन । अन्यथा, त्यस किसिमको इन्फेक्सन सेक्स पार्टनरमा पनि सर्न सक्छ ।

मानसिक अस्वस्थता

दुईमध्ये एक जना मात्रै पनि मानसिक रूपमा अस्वस्थ भएको वा अधिक चिन्ता, तनाव वा कुनै समस्याबाट गुज्रिरहेको हो भने सेक्स सम्बन्ध राख्न हुँदैन ।

हतार गर्न हुँदैन

कतिपय अवस्थामा तत्काल आफूलाई चाहना भयो भन्दैमा सेक्स गर्न हतारिन्छन् तर त्यस्तो गर्नु हुँदैन । पार्टनर यसका लागि राजी छ कि छैन भन्ने जानकारी राखेर मात्र सेक्स सम्बन्ध राख्न पर्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



सम्बन्धित खबरहरु

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड