English

सुत्ने कोठालाई यसरी बनाउनुहोस् स्वच्छ



सुत्ने कोठा घरको यस्तो ठाउँ हो जहाँ तपाईं आफ्नो पार्टनर र परिवारसँग गुणस्तरीय समय बिताउनुहुन्छ ।

त्यसैले सुत्ने कोठा सफा र स्वच्छ हुन जरुरी छ । सुत्ने कोठामा हुने सिरानी, तकिया, तकियाको कभर, गद्दा आदिमा हामीले ध्यान दिँदैनौँ । तर सरसफाइमा ध्यान नदिने हो भने स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसैले सुत्ने कोठाको सरसफाइमा ध्यान दिनु अति आवश्यक छ :

–ओछ्यानलाई कीटाणुमुक्त राख्न बेडको कभर र तकियाको कभर हटाई गद्दा र तकियालाई दुबै छेउबाट सफा गर्नुहोस् ।
– ओछ्यान र तकियाको कभर हरेक ६–७ दिनमा परिवर्तन गर्नुहोस् ।
– प्रत्येक १५ दिनमा एक पटक तातो पानीमा तकिया र गद्दाको कभर धुनुहोस् ।
–गद्दालाई समय समयमा घाममा राख्नुहोस्, जसले गर्दा धुलोको कणहरू हट्छ ।
– बेड सिट, तकिया कभर, पर्दा र कुसन कभर धुन मनतातो पानी प्रयोग गर्नुहोस् ।
– सुत्ने कोठामा कुनै पनि प्रकारको इनडोर प्लान्ट नराख्नुहोस् ।
–भुईँ सफा गर्नु अघि, प्रत्येक हप्ता छत र पङ्खा पनि सफा गर्नुहोस् ।
– औषधिहरू बक्समा राख्नुहोस् । समय–समयमा जाँच गरिरहनुहोस् र म्याद सकिएको औषधिलाई फ्याँकिदिनुहोस् ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका