English

लसुनले छालालाई दिन्छ अनगिन्ती फाइदा



लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो शारीरिक समस्याका लागि लसुन धेरै पटक प्रयोग गर्नुभएको होला । तर के तपाईंले छालाको लागि लसुन प्रयोग गर्नुभएको छ रु

लसुन छालाको लागि निकै फाइदाजनक हुने गर्छ । यसबाट छालाको पिम्पलदेखि चाउरी परेको दागलाई समेत कम गर्छ ।

पिम्पल

लसुनको सहयोगले पिम्पलको समस्याबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईंलाई पिम्पल्सको समस्या बढी छ भने लसुन लिनुहोस् र त्यसको पेस्ट बनाउनुहोस् । अब यो पेस्टमा आधा चम्चा सेतो भिनेगर हाल्नुहोस । यो पेस्ट अनुहारमा राम्ररी लगाउनुहोस् । यसले तपाईंको पिम्पलमा धेरै राहत दिनेछ ।

स्ट्रेच मार्क

स्ट्रेच मार्कको उपचार लसुनमा लुकेको हुन्छ । यदि तपाईंको छालामा स्ट्रेच मार्कहरू छन् भने, तपाईं यसलाई लसुनले उपचार गर्न सक्नुहुन्छ । यसका लागि पहिले तोरीको तेललाई १ चम्चामा तताउनुहोस् । यसमा दुईदेखि तीन वटा लसुनको ल्वाङ हाल्नुहोस् । अब लसुनलाई हल्का खैरो पारेर आगोबाट निकालेर केही बेर चिसो हुन दिनुहोस् । मनतातो हुँदा यो तेलले स्ट्रेच मार्कमा मालिस गर्नुहोस् । यसले केही दिनमै स्ट्रेच मार्क्स हटाउँछ ।

फोका हराउँछ

आफ्नो अनुहारमा फोकाको समस्याको सामना गर्दै हुनुहुन्छ भने, लसुनले तपाईंलाई धेरै मद्दत गर्नेछ । रगतको कमीका कारण अनुहारमा फोकाहरू देखिन थाल्छन् । यसबाट छुटकारा पाउनका लागि, एक चौथाइ कप पानी लिनुहोस् र यसलाई तताउनुहोस् । यसमा लसुनको रसको केही थोपा हाल्नुहोस् । फोकाको लागि यो पानी दैनिक सफा गर्नाले धेरै राहत मिल्नेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्