English

काठमाडौं र धरानमा चल्दा पोखरामा किन चलेन लौरो ?



काठमाडौं महानगर र धरान उपमहानगर पालिकामा स्वतन्त्र तर्फका उम्मेदवारले ‘जादू’ चलाइरहेका छन् । चुनाव चिह्न लोरौ रहेका दुवै स्थानीय तहका उम्मेदवारले मतमा अग्रता लिइरहँदा लौरोबाटै उम्मेदवारी दिएका र बढी भोट पाउन सक्ने अड्कल काटिएका अर्का उम्मेदवार भने निकै पछि परेका छन् ।

पोखरा महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवार रहेका गनेस पौडेल अन्य उम्मेदवारले प्राप्त गरिरहेको मतको तुलनामा कमजोर देखिएका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले निकटतम प्रतिद्वन्द्वी र गठबन्धनका उम्मेदवारलाई २३,५८४ मतसहित निकै पछि पारेका छन् । त्यस्तै धरान उपमहानगरपालिको प्रमुखका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लौरो चुनाव चिह्नबाट ९,२९५ मतसहित गठबन्धनका उम्मेदवारलाई जितेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई उनले झिनो मत अन्तरसहित अग्रता बनाइरहेका हुन् ।

तर पोखरा महानगरमा भने गनेशको मत कमजोर देखिएको छ । अहिलेसम्म लौरो चुनाव चिह्न रहेका गनेसले जम्मा १ हजार ३ सय १२ मत प्राप्त गरेका छन्। उनी राप्रपा उम्मेदवार शंकर खराल भन्दा पछि रहेका छन् । खरालले २,३०४ मत पाएका छन् । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २२,८५२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापा २०,११३ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटले २३,१६४ र एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २३,०२१ मत पाएकी छन्। वैशाख ३० को निर्वाचनमा पोखरामा १,४३,२२६ मत खसेको थियो ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।